Contact: Mr Prakash Kandel, Satdobato, Lalitpur, Kathmandu, Phone 5525730

www.flyktm.com
Writer
घनश्याम खड्का
विनोद न्याैपाने
गोबिन्द बेल्वासे

Know more about Govind Belbase

रक्ष रार्इ
दुत बहादुर गर्बुजा पुन मगर
गणेश रार्इ
s hangbang " jarjar "
सुरेशजंग शाह
दयाकृष्ण रार्इ
नरेश काङमाङ रार्इ
बिजय हितान
नरेश नाति
निराजन बतास
रक्ष रार्इ + मिजास तेम्बे
निलम आङ्बुहाङ रार्इ
विश्वकाजी रार्इ
मिजास तेम्बे
जगत नवोदित
मनु लोहोरूङ
मुकेश रार्इ
जानुका काम्बाङ लिङ्देन
टंक वनेम
कोमल प्रसाद श्रेष्ठ मल्ल
सुरेन्द्र श्रेष्ठ
गोपाल पैाड्याल
हरिसिंह थापा
लारा
गोकुल भण्डारी
नरजीत रार्इ
डा. रूपक श्रेष्ठ
टीका चाम्लिङ
र्इश्वर मानन्धर
कलाधर काफ्ले
यती
विश्वास दीप तिगेला
साहित्यकार सूची
केदार सङ्केत
टङ्कबहादुर तेम्बे (मिजास)
र्इश्वर चाम्लिङ
देवेन्द्र खेरेस
दीपा लिम्बु रार्इ
राम कृष्ण सुनुवार आँकाला
लाल राना
कुमार इस्बो
नवराज रार्इ
मुलवीर रार्इ
आनन्द रानोहोछा
तेज रार्इ
छापा पत्रिका
प्रेरणा थापा
जया रार्इ
गोपिकृष्ण प्रसार्इ
घन बहादुर थापा
होम परिबाग
भगवान चामलिङ
बिकलचन्द्र आचार्य
नेपाली साहित्य विकास परिषद यू.के.
Lumbini Nepalese Buddha Dharma Society (UK)
गोर्खा सत्याग्रह
भावना परिष्कृत सुनुवार
कृष्ण उपाध्याय
कृष्ण बजगार्इ
किरण टी. लिम्बू
जीवा लामिछाने

समीक्षा
12345678910...
राष्ट्रवाद "भ्रम कि यथार्थ"
ने रू ५०० मात्र
Book in PDf only £1.00

 –बिजय हितान

रातो पासपोर्ट

 Tanka Wanem

सुन्तली

 Govind

लन्डनमा मुटु दुख्दा

 Govind Belbase

थकित पृथिवी

 Govind Belbase

पात्रहरूसँग एक साँझ

 Govind Belbase

मेाह

 Govind Belbase

श्लेष्मान्तकको सम्माङ्

 Govind

...11121314151617181920...

मूल्य Price: £
संस्मरण
स्मृतिबिम्बमा बा खेमलाल लामिछाने
Writer: जीवा लामिछाने

Please write your review about this book –
Skip Navigation Links.
Contact Info
Comments
Complete
Submit
Enquary

Your Name  
Email    
 
Description
http://www.nepalipatra.com/news/detail/16234/22

Review:
Name: Govind
Comment: ती दुई आँखा जसले तीन पुस्ताको गतिविधि प्रत्यक्ष देखें । ती आँखा वि.सं. २०७१ सालको असार ६ गतेबाट सधैका लागि बन्द भए । वि. सं. १९८७ चैत्र २ गतेदेखि तीन पुस्ताको अनुभूति संगालेका खेमलाल लामिछाने स्मृतिमा सिमित हुन पुगेका छन् । समयको अन्तरालमा विलय हुन नपाउने गरी ती स्मृतिहरुलाई संगालेर तयार पारिएको कृति हो 'स्मृति बिम्बमा बा खेमलाल लामिछाने' । झट्ट हेर्दा बाहिरी पाताहरुमा लेखकको नाम समेत नभेटिने यस कृतिका संकलक तथा सम्पादक लक्ष्मण अर्याल र धनराज गिरी हुन् । संकलन गरेका स्मृतिका फूलहरु उनेर गुरुङको घरमा जन्म लिएका हिन्दू ब्रम्हण जातका खेमलाल लामिछानेको माला उनेर लक्ष्मणले पस्किएका छन् । उनले उनेको मालालाई नओइलाउने गरी सजाउने जिम्मेबारी जीवा लामिछानेले प्रतिबिम्ब बनेर भूमिका निभाएको यथार्थता यो कृति पढ्दा प्रस्ट बुझिन्छ । यस पुस्तकका मुलपात्र खेमलालको आत्म वृतान्त पढ्दा पाठकलाई ८० वर्ष पहिलेदेखि वर्तमानसम्मको नेपाली समाजको सामाजिक, आर्थिक र साँस्कृतिक अवस्था छर्लङ हुन्छ र यसले भविष्यमा इतिहास बोकेको कृतिका रुपमा भूमिका निभाउने कुरामा किटान गर्न सकिन्छ । जीवनको अन्तरालमा उनले भोगेका, अनुभूति र अनुभव गरेका विवरणहरु तथा 'इमानदारितासँग कुनै सम्झौता हुन सक्दैन' भन्ने मान्यताबाट नेपाली समाजका थप्रै पात्रहरुले प्रेरणा प्राप्त गरेको प्रमाण बनेर यो कृति डिङ्ग उभिएको छ । यस कृतिले उजागर गरेका घटना र अभिब्यक्त भएका आदर्शहरुले खेमलाललाई समाजको असल व्यक्तिका रुपमा दर्शाउनका साथै पाठकलाई समाजमा असल ब्यक्ति बन्न उत्प्रेरित गरेको छ । शिक्षालाई सवैभन्दा बढी प्रश्रय दिने व्यवहार बोकेका मुलपात्रले औपचारिक शिक्षाको अवसर नपाए पनि नेपाली भाषा र देवनागरी लिपीमा जे जति लेखपढ गर्न सिके त्यसको भरपुर उपयोग गर्न उनी सफल रहेका छन् । गीताका श्लोकलाई उनले आप\mनै भाषामा सरलीकृत गरिएको भनेर जीवा लामिछानेले उजागर गरेका शब्दबाट त्यो प्रमाणित हुन्छ । यस कृतिका अक्षरबाट अभिब्यक्त नभए पनि पाठकले अनुभूति गर्न सक्ने एउटा पक्ष अलि जटिल छ । यदि एक छिन फेरि जिउँदो भएर यो कृति खेमलाल लामिछानेले पढ्न पाउने हो भने नाति- नातिनीहरुले लेखेको अंग्रेजी भाषाको लेखनले उनलाइ जति सन्तोष लगाउनु पर्ने हो त्यति लगाउन सक्ने थिएन । किनकि उनले अंग्रेजी भाषा पढ्न जानेका थिएनन् । समयको अन्तरालमा समाजको अवस्था फेरिनाले उनका नाति-नातिनालाई देवनागरी लिपी भन्दा अंग्रेजी भाषा र लिपी सहज र सरल लागेको विषयले उनलाई पूर्ण सन्तुष्टि नदिने भए पनि परिवर्तित समाजको अवस्थालाई स्वीकार गर्न उनी तयार भएको अनुमान गर्न सकिन्छ । आवस्यकता अनुसारको भाषा विकास हुनुलाई खेमलालले सकारात्मक रुपमा लिने गरेको कुरा जागिरको अवसर खोज्दैं भारतमा पुगेको समयमा उनी स्वंले सिकेको हिन्दी भाषा ज्ञानको महत्वबाट अनुमान गर्न भने सकिन्छ । उनको जीवनशैलीबाट उनी प्रगतिपथका बाधक कहिल्यैं हुन सक्दैनथे भन्ने प्रष्ट छ । तर, उनले देखे भोगेको र अपनाएको नेपाली भाषा र संस्कृतिलाई उनका सन्ततिले त्याग नगरी अवसरहरुका लागि अन्य भाषा शैली र संस्कृतिलाई उपयोग गर्दा नै उनको सन्तुष्टि परिपूर्ण हुने थियो भन्ने भाव यस कृतिले अब्यक्त रुपमै फलाकेको छ । प्रख्यात ब्यक्तित्व तथा सफल ब्यवसायी जीवा लामिछाने र उनलाई यस अवस्थामा पुर्‍याउने श्रेय प्राप्त गरेका खेमलालका वीचको एउटा अन्तरविरोध भने यस कृतिले शुक्ष्म रुपमा उजागर गरेको छ । खेमलालको अध्यात्मवाद प्रतिको लगनमा विरोध जनाउने आवश्यकता पनि नदेख्ने र अनुकरण पनि गर्न नसक्ने जीवा भने भौतिकवादको पक्षमा उभिएर प्रस्तुत भएका छन् । त्यसैले त उनले 'ईश्वरको लीला' भनेर अभिब्यक्त नगरेर 'प्रकृतिको लीला अपरम्पार छ' भनेका छन् । त्यति मात्र होइन यस कृतिले दिएको सबैभन्दा ठूलो योगदान भनेको अध्यात्मवादको आडमा अडिएर विकृति अंगालेको गरुड पुराणको नकारात्मक पक्षलाई उजागर गर्दै सुधारको आवश्यकता जनाउने सन्देश हो । यो जिम्मेवारीलाई पालन गर्न हाम्रो सांस्कृतिक जञ्जालले जति जटिल बनाएको छ । त्यसलाई नाघ्नको लागि पनि त्यत्तिनै आँटको अवश्यकता छ । त्यो आँट गरेर जीवा लामिछानेले अवैज्ञानिक र प्रगति विरोधी संस्कार बोकेको गरुड पुराणको विरुद्धमा उभिनुपर्ने सन्देश दिने जमर्को गरेका छन् । त्यस सन्देशलाई निडर भएर अवलम्बन गर्न सकेमा हामीले अपनाउँदैं आएका संस्कृति र संस्कारहरु जोगाउनमा योगदान पुर्‍याएको ठहरिने छ । किनकी यस्ता विकृतिहरुलाई सुधार गर्न नसके भावि पिढीहरुले बाँकी संस्कृतिहरुलाई पनि नअपनाउने यथार्थ छर्लङ्ग भइसकेको छ । यस पुस्तकभित्र विक्रम सम्बत २००६ सालको फागुन महिनाको एक घटना उजागर गर्ने क्रममा खेमलालले तत्कालीन समाजमा प्राप्त सुविधाको खुलासा गरेका छन् । यी तिनै 'रसियन बा' हुन जो जीवनको उत्तरार्धमा चितवन जिल्लामा अफ्नै पजेरो गाडी चढ्थे । जसले किशोरावस्थामा आफ्नो विवाहको क्रममा गोठबाट राति घर आउँदा निगालाको सिटा बाल्दैं झरेका थिए । न त त्यस समयमा मट्टतिेलका लालटिन थिए न त टर्च लाइट थिए । त्यसैले त त्यो अन्धकारमा बाटो हेर्ने उज्यालो गराउने प्रविधि भनेकै निगालाका सिटा बालेर निकालिएको प्रकाश थियो । यस प्रसंगलाई उनकै शब्दका एक लाइनबाट धेरै बुझिन्छ- '... गोठमा बस्दा लगाउने भाङग्रा लगाएर विहामा दुलाहा भएर जान अलि सुहाएन नि ।' यो घटनाले त्यस समयको ग्रामीण जीवनको प्रतिनिधित्व गरेको छ । यो वास्तविकता सायद 'रसिन बा' का नाति-नातिनाहरुलाई फिक्सन लाग्छ होला, नाति-नातिनाले हजुरबुवालाई प्रत्यक्ष देखे भोगेको हुनाले यी कुरा पत्याए पनि पलाति-पालतिनीहरुलाई पक्कै फिक्सन कथा नै ठहरिने अनुमान सहजै गर्न सकिन्छ । एउटै मुल पात्रका सन्दर्भमा धेरैले लेख्दा जसले देखे पनि उनै समाजसेवी बुढालाई देखे, त्यसैले त धेरैका कुरा उस्तै उस्तै छन् । जसले गर्दा पुस्तक पढ्दै जाँदा आधा पढेपछि उत्सुकता र रोचकपना घट्न जान्छ पाठकमा । तर, पढ्दै जाँदा घटनाक्रमले मन छुदा धेरै ठाउँमा आँखा रसाएर पनि आउँछन् । सन्दर्भ वियोगान्तको भएर पनि होला पाठकलाई सिक्ने कुरा धेरै पाइन्छ र मनोरञ्जन थोरै भएको अनुभव हुन्छ । आदर्शको त भण्डारै भेटिन्छ । खेमलालको चलाखीपना उनले भरपुर उपयोग गरेको एक पत्रले पनि दर्शाउँछ । आसामका साहेबले लेखिदिएको 'मिस्टर खेमलाल भेरी गुड पर्सन' भन्ने पत्रले उनलाई सहयोग पुगेको कुरा उनले आप\mनै शब्दमा बताएका छन् । परिस्थितिसँग भिड्न उनले गरेको त्याग दर्सिने गरी उनी भन्छन्, 'विहा गरेको ८ वर्षपछि मात्रै हाम्रो पहिलो सन्तान छोरी जन्मेकी हो । त्यसबीचमा श्रीमतीसँग खुलेर कुराकानी भएन, रसरङ्ग गर्नु त परै जावस् ।' उनको समयक्रममा पनि हाम्रो समाजमा पुरुष महिलाबीच रहेको विभेद कसैसँग लुकेको छैन् । यस विषयलाई मुल पात्रकी अर्धाङ्गनिी हरिकला लामिछानेले जेठी छोरी मणिकर्ण लामिछाने-तिवारीको सन्दर्भ कोट्याउँदै भनेकी छन्, '... पछि भन्ने गर्थी -कमसे कम फोनको नम्बर, गाडीको नम्बरसम्म चिन्न सक्ने हुन पाएकी भए ... ।' जीवा लामिछानेले उठाएको गरुड पुराणको विकृत साँस्कृतिक स्वरुप र विरोध गर्ने आँट गर्नैपर्ने सन्दर्भलाई अरुले पनि समर्थन गरेका छन् । साहित्यकार धनराज गिरीले आप\mनो प्रस्तुति शैलीलाई सदुपयोग गर्दै खेमलालको प्रतिनिधित्व भावमा भनेका छन्, 'हाम्रो रीतिरिवाज, संस्कार केही पनि ठीक छैन । त्यो गरुड पुराण बेकार हो । त्यहाँ भनिएको जस्तो केही पनि छैन यहाँ । पूरै झूटको खेती हो त्यो । यतिखेरको नेपाली राजनीतिजस्तै । १३ दिनसम्म मेरा छोराहरु, इष्टमित्रहरु अनुत्पादक कुरामा अल्मलिए । यसपालिलाई जे भयो, भयो । अब भद्र अवज्ञा गर्ने बेला आयो । यो १३ दिनलाई बढीमा ३ दिनमा झारे हुन्छ । ...' चालिस ब्यक्तिको कथनहरुको संगालोका रुपमा एक असल ब्यक्तित्व र उनका आदर्शको सन्देश बोकेको कृति हो यो । ती असल ब्यक्तित्वले आफ्ना सन्तान कसरी प्रगति पथमा लाग्न मार्ग दर्शन गरे भन्ने विवरण उनकै नाति राम लामिछानेको कथनबाट प्रष्ट हुन्छ, 'उहाँ बेला बेलामा भन्ने गर्नुहुन्थ्यो - चरालाई रुखको हाँगो भाँचिएला भन्ने कुनै डर हुँदैन । किनभने चराले रुखको हाँगोमा होइन्, आप\mनो पखेटामा विश्वास गर्छ ।' ... 'जसरी इनारमा हालेको बाल्टी यदि तल झुक्यो भनेमात्र पानी भरिएर बाहिर निस्कन्छ ।' यसै प्रसंगलाई अर्का नाति अनुरागले थप्दैं लेख्छन्, ' …Grandfather was giving me and Anukrit valuable life advice at our home in Chitwan -'Always be honest, work hard, Never lose hope even when you are suffering' समयको अन्तरालमा तीन पुस्ताबीच प्रविधिले फड्को मारेका कारण पनि सन्तानहरु देश विदेशका डाँडाकाँडा पुगेका मात्र होइन अलग-अलग देश र शहरको रहन सहनमा पुगेपछिको परिस्थिति फेरिएको छ । त्यसैले त हजुरआमासँग बसेर उहाँका पुराना कुरा सुन्दै गर्दा कतिपय कुरा नातिनीले नबुझे पनि सुनिरहेको वास्तविकता अग्रेजी भाषामै भए पनि नातिनी अनुष्काले इमान्दारीपूर्वक ब्यक्त गरेकी छन् । यस कृतिले समाजका अग्रजहरुमा अभिभारा थपिदिएको छ । परिस्थिति फेरिएको नेपाली समाजमा देश विदेश फैलिएका नेपाली सन्ततिहरुलाई भावनात्मक एकतामा बाँधि राख्ने उपाय अपनाउन संस्कृति, भाषा र संस्कारमा गर्नुपर्ने सुधारहरुबारे अहिले नै अग्रजहरुले मार्ग पैलाउन सकेनन् भने केही मसय मै यो अति नै ढिलो भई सक्नेछ भन्ने सन्देश यो कृतिको मुल मर्म रहेको छ ।
Date: 9/8/2015 12:00:00 AM

© Pustak org.uk

11 Ledbury Road, Peterborough, PE3 7AY, P. (+44)07445921217