Contact: Mr Prakash Kandel, Satdobato, Lalitpur, Kathmandu, Phone 5525730

www.flyktm.com
Writer
घनश्याम खड्का
विनोद न्याैपाने
गोबिन्द बेल्वासे

Know more about Govind Belbase

रक्ष रार्इ
दुत बहादुर गर्बुजा पुन मगर
गणेश रार्इ
s hangbang " jarjar "
सुरेशजंग शाह
दयाकृष्ण रार्इ
नरेश काङमाङ रार्इ
बिजय हितान
नरेश नाति
निराजन बतास
रक्ष रार्इ + मिजास तेम्बे
निलम आङ्बुहाङ रार्इ
विश्वकाजी रार्इ
मिजास तेम्बे
जगत नवोदित
मनु लोहोरूङ
मुकेश रार्इ
जानुका काम्बाङ लिङ्देन
टंक वनेम
कोमल प्रसाद श्रेष्ठ मल्ल
सुरेन्द्र श्रेष्ठ
गोपाल पैाड्याल
हरिसिंह थापा
लारा
गोकुल भण्डारी
नरजीत रार्इ
डा. रूपक श्रेष्ठ
टीका चाम्लिङ
र्इश्वर मानन्धर
कलाधर काफ्ले
यती
विश्वास दीप तिगेला
साहित्यकार सूची
केदार सङ्केत
टङ्कबहादुर तेम्बे (मिजास)
र्इश्वर चाम्लिङ
देवेन्द्र खेरेस
दीपा लिम्बु रार्इ
राम कृष्ण सुनुवार आँकाला
लाल राना
कुमार इस्बो
नवराज रार्इ
मुलवीर रार्इ
आनन्द रानोहोछा
तेज रार्इ
छापा पत्रिका
प्रेरणा थापा
जया रार्इ
गोपिकृष्ण प्रसार्इ
घन बहादुर थापा
होम परिबाग
भगवान चामलिङ
बिकलचन्द्र आचार्य
नेपाली साहित्य विकास परिषद यू.के.
Lumbini Nepalese Buddha Dharma Society (UK)
गोर्खा सत्याग्रह
भावना परिष्कृत सुनुवार
कृष्ण उपाध्याय
कृष्ण बजगार्इ
किरण टी. लिम्बू
जीवा लामिछाने

समीक्षा
12345678910...
राष्ट्रवाद "भ्रम कि यथार्थ"
ने रू ५०० मात्र
Book in PDf only £1.00

 –बिजय हितान

रातो पासपोर्ट

 Tanka Wanem

सुन्तली

 Govind

लन्डनमा मुटु दुख्दा

 Govind Belbase

थकित पृथिवी

 Govind Belbase

पात्रहरूसँग एक साँझ

 Govind Belbase

मेाह

 Govind Belbase

श्लेष्मान्तकको सम्माङ्

 Govind

...11121314151617181920...

मूल्य Price: £
जीवनी–आत्मकथा
लन्डनमा मुटु दुख्दा
Writer: बिकलचन्द्र आचार्य

Please write your review about this book –
Skip Navigation Links.
Contact Info
Comments
Complete
Submit
Enquary

Your Name  
Email    
 
Description
 
Review:
Name: Govind Belbase
Comment: गोविन्द बेल्वासे

मुटुरोगबारे अल्पज्ञान विरुद्धको अभिब्यक्ति

बिकलचन्द्र आचार्यको “लण्डनमा मुटु दुख्दा” सकारात्मक सन्देश बोकेको र मुटु रोग सम्बन्धी चेतना भरिएको भयबाद भित्र सचेतनता जगाउने कृति हो । आफ्नै अनुभवको दैनिकीलाई कलात्मक ब्याख्याकासाथ पस्किइएको यो कृतिको सुरुवातमा उत्तम लेखन शैली भेटिन्छ । यस पुस्तकलाई आत्मकहानी भनिएको भए पनि पुस्तक पढ्दा काल्पनीक कहानी नभएर लेखकको वास्तविक विवरण भेटिन्छ । भोगाइका विषयवस्तुलाई मन भित्र खेलेका भावनाहरुसंग बेलगाम दौडाएर पस्किएका विवरण कतै निकै रोचक रुपमा प्रस्तुत भएका छन् भने कतै पाठकलाई एउटै ब्याख्या पटक–पटक दोहोर्‍याउन पर्दा पढ्दै जाँदाको मीठासबीच 'दाँतमा ढुङ्गा' लागे जस्तो हुन्छ । यस विषयलाई यसै पुस्तकका भूमिका लेख्ने प्रा. डा. गोविन्दराज भट्टराइले विषय दोहोरिएको बताएको भेटिन्छ जुन पढ्दै जाँदा पाठकले महसुस गर्छन् ।

मुटु रोग लागेको जानकारीले विचलीत पारेको बिकलको मनमा खेलेका कुरालाई पस्कने तथा वर्णन गर्ने शैली प्रशंसालायक भेटिन्छ । उदाहरणका रुपमा विकलले आफ्नो ज्ञानको परिधिमा पस्केका इसीजी (इलेक्ट्रोकार्डियोग्राम) का तार र भावनात्मक भोगाईको बर्णनलाई लिन सकिन्छ। त्यही प्रशंगमा निकै तर्कना मनमा खेलाएको पाइन्छ । मानव चिन्तन, विज्ञान र प्रविधि विकाशबाट उपलब्ध चिकित्सा प्रणालीको सुविधालाई उनले अध्यात्मिक ज्ञान तथा भौतिक सुविधासंग मन्थन गरेका छन् । उनको हिन्दूत्व बोध तथा मोक्क्ष र शरीर परित्याग भएपछिको आत्मा एवं जीवनको उपलब्धिसंग मापन गरिने इच्छा विश्लेषण एवं नाम कमाउने धोको कृतिका माध्यमबाट स्वतहस्फूर्तरुपमा उजागर भएको छ । उनको प्रस्तुति कलालाई तुलना नै गर्नेहो भने भानुभक्तले घासीबाट पाएको प्रेरणासंग उनको प्रेरणा स्रोतलाई तुलना गर्न सकिन्छ । त्रसित भावनाबाट ग्रसित भएर बाँचुनजेलमा नाम कमाउने धोकोबाट प्रेरणा प्राप्त गरेको भनेर तुलना र्गन सकिन्छ । भय बोध गराएको मुटुरोग अनुभव भएपछि मानव समाज र ब्रम्हाण्डप्रतिको उनको बुझाइ पुस्तकमा छताछुल्ल भएको छ । कृतिको अन्त्यसम्ममा लेखकलाई त्रसित बनाएको रोग आखिर उपचारबाट सामान्य जीवन यापन गर्न बाधक नहुने प्रमाणित भएको छ । त्यो ज्ञान बोध गरेर भय हरण भएको सकारात्मक सन्देश दिनु नै यस कृतिको मुख्य उपलब्धि ठरिएको छ ।

'अल्पज्ञान अज्ञानता भन्दा खतरनाक हुन्छ” भन्ने भनाइलाई उनले यस पुस्तकबाट पनि प्रमाणित गरेका छन् । मुटु रोग लागेको थाहा पाएपछिको परिणामबाट उब्जेको लेखकको भय नै कृतिको मुख्य केन्द्र रहेको छ । मुटु रोग बारे केही जानकारी नै नभएको भए बिकल ब्याकुल हुने थिएनन् । रोग लागेको थाहा पाउनु भन्दा पहिला उनलाई मुटु रोग खतरनाक हुन्छ भन्ने थाहा हुन्छ र त्यस बारेमा जीवनको अन्त्यको संकेतका रुपमा उनको बुझाइ रहेको उल्लेख गरेका छन् । मुटुरोगका विषयमा चिकित्सा विज्ञानको उन्नतिलाई आंशिक मात्र बुझेका कारण सही ज्ञान प्राप्त नुहँदासम्म उनी ब्याकुल हुन्छन् र यो कृति जन्मन्छ । लेखकको ब्यक्तिगत भोगाइ, डाक्टर, नर्स तथा विज्ञहरुसंगको संगत र स्व–अध्ययन पश्चात चिकित्सा प्रविधि विकास बारेको प्राप्त ज्ञानबाट मुटुको समस्या सामान्य ठानेर चिन्ता हटेको उपदेश कृतिले दिन खोजेको छ । धेरै हदसम्म सफल पनि छ ।

पुस्तक प्रकाशन गर्दा कृतिको पृष्ठसंख्या धेरै बनाउन भन्दा पनि पाठकलाई रुचिपूर्ण बनाउन जरुरी हुन्छ । त्यसैले प्रकाशकले केही सम्पादन गरेर रोचक पारेर प्रकाशन गरेको भए लेखकले प्रकाशनलाई पनि जस दिनु पर्ने अवस्था बन्ने थियो । लेखकले लिपिबद्ध पारेको दैनिकीलाई सम्पादन नगरी शुद्धासुद्धिमात्र हेरेर छापिएको कमजोरीले गर्दा कृतिको मीठासमा कमी ल्याएको छ, जुन मीठास सम्पादन गरिएको भए कायम हुने थियो। सन्देशमुलक कृति भएको हुनाले मीठासका कारण जति धेरैले पढ्यो त्यत्ति धेरै नै समाजमा सकारात्मक सन्दश फैलने थियो ।

लेखकले विषयबस्तुमा केन्द्रित रहेर आफ्नो विषयमा र मुटु रोग तथा सम्बन्धित चिकित्सा प्रणाली जुन बेलायतमा उपलब्ध छ त्यसलाई भावना सहित पस्कदैगर्दा जानी–जानी कतिपय तथ्य लुकाउन खोजेको पाठकलाई भान हुन्छ । पुस्तकमा मुल पात्र स्वयं लेखककै छोरीका विषयमा थाहा दिइएको छ। तर, ती छोरीको आमाका विषयमा पाठकको जिज्ञासा पुस्तक भरि मेटिन सक्दैन ।

पाठकलाई त्यो जिज्ञासाभित्र घुमाउने उद्देश्य पनि बिकलले देखाएका छैनन् बरु जानी–जानी त्यो ब्यक्तिगत तथ्यलाई लुकाउन उनी सफल रहेको पाठकले सजिलै बुझ्दछन् । उनको ब्यक्तिगत जीवन भएका कारण गोपनीयताको हक कसैले मिच्ने कुरा पनि आएन । तर, एक लेखक भएर काल्पनिक कथा या उपन्यासका रुपमा पस्किएको कृति भए उनले अरु कुनै पात्रका माध्यमबाट आफ्नो गोपनीयता नजनाई समाजमा घट्ने घट्ना क्रमकै रुपबाट त्यस पक्षलाई पनि पस्कने थिए हेलान भन्ने सहजै अनुमान गर्न सकिन्छ । कृतिको शैली र तथ्यको ब्याख्या गर्ने तरिकालाई विचार गर्दा उनलाई समाजको कुनै पारिवारिक पक्षलाई लुकाउने उद्देश्य नभएर ब्यक्तिगत विवरण मात्र लुकाउन परेको महसुस गर्न सकिन्छ । सम्भवत उनले अन्यकृतिमा सामाजिक पक्षको त्यो पाटोलाई अन्य पात्रका रुपमा पस्कने छन् ।

लेखक अध्यात्मबादी भएको तथ्यलाई कृतिमा छताछुल्ल नै पारिएको छ । मृत्यूलाई नजिकबाट अध्ययन नगर्दासम्म भौतिकबादको पनि विश्लेषण गर्न रुचाउने कलमलाई मृत्यू–भयले अध्यात्मबादी घेराभित्र समेटिदिएको झलक पनि पाइन्छ । थुप्रै तथ्यपरक र विज्ञानसम्मत तर्कना गर्दा शरीरका विभिन्न कोष, मांसपेशी तथा रगत–संचार लगायतको शारीरिक तादम्यता पश्चातमात्र मस्तिष्कले काम गर्ने विश्लेषण पुस्तकमा भेटिन्छ । अर्थात अणु, प्रमाणु तथा शुक्ष्म कोशिकाहरुको आवस्यक तादम्यता पश्चातमात्र चेताना जन्मन्छ जुन चेतनालाई हामी बुद्धि, दिमाग, तर्कनाशक्ति एवं विवेकका रुपमा बुझ्ने गर्दछौ । लेखकको भाव अनुसार संसारको सृष्टिगर्ने इश्वरले पदार्थको तथा मानवसमेतको दुनियाको निर्माण गरेको विचार पुस्तकमा प्रकट गरिएको छ । लेखक स्वंले यो विश्वमा आफ्नो उपस्थिति, रोग र उपचार आदि विषय सवै इश्वरको इच्छा एवं विवेक अनुसार भएको बताउँछन् । तर, कण तथा पदार्थ बन्नु भन्दा पहिला नै इश्वरको इच्छा र विवेक कसरी सम्भव छ त भन्ने उत्तर कृतिले दिन सकेको छैन । मानव र बर्तमान बैज्ञानिक उपकरण विकास गर्न मानवलाई क्षमता दिने विवेक र बुद्धि थियो भन्ने तर्कना गर्ने लेखकको भावना भने बैचारिक द्वन्द्वमा अल्भि्कएर हार खाँदै अध्यात्मबादको भूमरीमा विलय भएको पाइन्छ । पदार्थ विना चेतना र विवेक हुँदैन भन्ने वैज्ञानिक तर्कना गरिन्छ भने पदार्थ चेतना र विवेक सहितको भगवानले बनाएको उल्लेख गरिएको तर्कना यूक्तिसंगत प्रमाणित हुन सक्दैन। तर, भयको अवस्थामा गरिने चिन्तनको अवस्थालाई बुझन भने यो पुस्तकको अभिब्यक्ति प्रयाप्त छ ।

Date: 8/26/2014 12:00:00 AM

© Pustak org.uk

11 Ledbury Road, Peterborough, PE3 7AY, P. (+44)07445921217