Contact: Mr Prakash Kandel, Satdobato, Lalitpur, Kathmandu, Phone 5525730

www.flyktm.com
Writer
घनश्याम खड्का
विनोद न्याैपाने
गोबिन्द बेल्वासे

Know more about Govind Belbase

रक्ष रार्इ
दुत बहादुर गर्बुजा पुन मगर
गणेश रार्इ
s hangbang " jarjar "
सुरेशजंग शाह
दयाकृष्ण रार्इ
नरेश काङमाङ रार्इ
बिजय हितान
नरेश नाति
निराजन बतास
रक्ष रार्इ + मिजास तेम्बे
निलम आङ्बुहाङ रार्इ
विश्वकाजी रार्इ
मिजास तेम्बे
जगत नवोदित
मनु लोहोरूङ
मुकेश रार्इ
जानुका काम्बाङ लिङ्देन
टंक वनेम
कोमल प्रसाद श्रेष्ठ मल्ल
सुरेन्द्र श्रेष्ठ
गोपाल पैाड्याल
हरिसिंह थापा
लारा
गोकुल भण्डारी
नरजीत रार्इ
डा. रूपक श्रेष्ठ
टीका चाम्लिङ
र्इश्वर मानन्धर
कलाधर काफ्ले
यती
विश्वास दीप तिगेला
साहित्यकार सूची
केदार सङ्केत
टङ्कबहादुर तेम्बे (मिजास)
र्इश्वर चाम्लिङ
देवेन्द्र खेरेस
दीपा लिम्बु रार्इ
राम कृष्ण सुनुवार आँकाला
लाल राना
कुमार इस्बो
नवराज रार्इ
मुलवीर रार्इ
आनन्द रानोहोछा
तेज रार्इ
छापा पत्रिका
प्रेरणा थापा
जया रार्इ
गोपिकृष्ण प्रसार्इ
घन बहादुर थापा
होम परिबाग
भगवान चामलिङ
बिकलचन्द्र आचार्य
नेपाली साहित्य विकास परिषद यू.के.
Lumbini Nepalese Buddha Dharma Society (UK)
गोर्खा सत्याग्रह
भावना परिष्कृत सुनुवार
कृष्ण उपाध्याय
कृष्ण बजगार्इ
किरण टी. लिम्बू
जीवा लामिछाने

समीक्षा
12345678910...
राष्ट्रवाद "भ्रम कि यथार्थ"
ने रू ५०० मात्र
Book in PDf only £1.00

 –बिजय हितान

रातो पासपोर्ट

 Tanka Wanem

सुन्तली

 Govind

लन्डनमा मुटु दुख्दा

 Govind Belbase

थकित पृथिवी

 Govind Belbase

पात्रहरूसँग एक साँझ

 Govind Belbase

मेाह

 Govind Belbase

श्लेष्मान्तकको सम्माङ्

 Govind

...11121314151617181920...

मूल्य Price: £
उपन्यास
सुन्तली
Writer: हरिसिंह थापा

Please write your review about this book –
Skip Navigation Links.
Contact Info
Comments
Complete
Submit
Enquary

Your Name  
Email    
 
Description
बि. स. २०६६

Review:
Name: Govind
Comment: गोविन्द बेल्वासे

कुसंस्कार र कुरिति उजागर गर्ने 'सुन्तली'

हरिसंह थापा बेलायत बस्छन् तर उनको भावना र मन नेपालको पहाडमा अवस्थित पचास वर्ष पुरानो गाउँमा सल्बलाएको छ। सुन्तलीको परिवेश बुनेर, आफ्नो अनुभव र भोगाईको इतिहास कोरेका छन् आफ्नै नाति–नातिना –पनाति–पनातिनीहरु र भविष्यका लागि। 'सुन्तली' उपन्यासमा प्रयोग गरिएको नेपाली भाषा र देवनागरी लिपि त माध्यम हो। उनको भावना र भोगाई उनका सन्ततिले अनुवादित लिपीमै पनि त बुझ्न सक्लान भन्ने उनको चाहना होला भन्ने सहजै अनुमान गर्न सकिन्छ उनको सामाजिक उपन्यास 'सुन्तली'लाई पढ्दा।

उपन्यासमा ब्याख्या गरिएको भन्दा पूर्ण रुपले अलग बेलायती परिवेशमा रमाईरहेका हरिसिंहलाई जन्मभूमि र आफु हुर्केको परिवेशले उनको मनलाई कति सताईरहेको छ भन्ने भाव इमान्दारी पुर्वक पस्किन सफल भएका छन् उनी। सुन्तलीको लोग्ने भोला नवविवाहित पत्नीको न्यानो अङ्गालो च्यात्त छाडेर परेदेश जानु परेको परिवेशलाई ब्याख्या गर्दै उपन्यासको माध्यमबाट हरिसिंहले सामाजिक तडक भडकको कुरितिले उब्जाउने समस्याहरुलाई उदाङ्गो पारेका छन्। समय अनुसार प्रविधि र साधानको उपयोगमा बदलाव आएर सुविधा बढे पनि अझै हाम्रो समाजमा त्यस्ता कुरितिका कारण नवविवाहित पत्नी घरमा छाडेर परेदेश धाउन परेको नेपाली यूवाहरुको परिस्थिति झन् पछि झन् मौलाउँदै गएको समस्यालाई विम्बका रुपमा उनले दर्शाएका छन्। नेपाली यूवाहरुको बर्तमान परिवेशलाई पचास वर्ष पुरानो परिवेशको विम्ब देखाएर यथार्थलाई उदाङ्गो परिएको छ। हाम्रा पुर्खादेखि चलिआएको परम्परा अझै कायम रहेको छ भन्ने सन्देश बोकेको छ 'सुन्तली' उपन्यासले। उपन्यासले ऋण काढेर तडक भडक गरिने हाम्रा रिति रिवाज र संस्कारमा परिवर्तन ल्याउन जरुरी भएको सन्देश दिँदैछ।

मुल पात्र सुन्तलीलाई विवाह गर्न काढिएको ऋण नै भोलाले भोग्नु परेको दुखदायी जीवनको कारण देखाएर सामाजिक कुरिति विरुद्ध तीखो बाण प्रहार भएको छ यस कृतिमा। तर, त्यस्ता कुरिति सुधार गर्ने उपाय भने यस कृतिले दर्शाएको भेटिँदैन। समस्या उजागर भएको छ, उपाय सुझाइएको छैन। उपाय सुझाउन सकेको भए कृतिलाई सुनमा सुगन्ध भरिएको भन्न सकिने थियो।

विदेशमा धन कमाउन हिँडेपछि कतिपय यूवाले घरको आर्थिक अवस्था सपारेकै कारणले मुग्लान धाउने परम्परा बसेको छ। सवै यूवा धन कमाएर घर फर्कन सफल हुन नसकेको परिवेश नेपाली समाजले भोग्दै आएको यथार्थ हो। त्यही यथार्थलाई उजागर गर्दै भोला पात्रको दुखदायी परिणति नेपालका हरेक गाउँमा र सहरका गल्लीमा पाठकले देख्दै गरेका घटनाहरुको पतिनिधित्व गरिएको छ यस उपन्यासमा। देशमा उत्पादनका साधनको विकास नहुनु र परम्परागत उत्पादन प्रणलीमा समेत ह्रास आइरहेको छ। यूवा विदेश पलायन हुनुको मुख्य कारण रहिआएको विषयमा केन्द्रित भएर कृति तयार पारिएको अनुभूति हुन्छ। विदेशमा धाउँदा यूवाले कतिसम्म दुखः पाउँछन भन्ने घटनाक्रम बनाएर भोला पात्रको परिवेश दर्शाइएको छ। त्यस्ता कतिपय पात्रहरुको जीवनलिला नै समाप्त भएका घटना क्रम भन्दा पात्रलाई ह48डर खाएर घर फर्काएको लेखनले हरिसिंह निरासाबादी होइनन उनी आशाबादी लेखक हुन भन्ने प्रमाणित गरेका छन्।

कृतिमा हरिसिंहले हिन्दू धर्मका कुसंस्कारका बारेमा तीखो ब्यङ्ग हानेर सुधारको आवस्यकताको झल्को पनि दिएका छन्। भोला घर फर्कदाँ पण्डितले बताए अनुसार घ्याम्पा भित्र लुकेर सास्ती भोग्नु परेको कुसंस्कारलाई कुनै पनि कोणबाट विज्ञानसम्मत मान्न सकिँदैन तर हाम्रो समाजमा यस्ता घटनाहरु घटिरहेका छन्। कुसंस्कारहरुमा बदलावको गुञ्जाइस नदेखिनु अर्को विडम्बना रहेको छ। घरबाट धन कमाउन परदेश हिँडेदेखि भोलाले भोगेको कठिनाई, दुखः, सास्ति तथा घरमा धन पठाउन नसकेको मानसिक तनाव के कम थियो र पण्डितले पात्रलाई थप दुखः भोग्नु पर्ने सास्ति खेप्ने सजाय दिन पुगे। यो विवरण हाम्रो समाजले भोग्दै आएको यथार्थ घटनाहरुको एक उदाहरण मात्र हो। हाम्रो संस्कारहरुमा रहेको अवैज्ञानिक कुरितिहरु सभ्य समाजमा अपनाउन लायक छैन भन्ने उदाहरण यस कृतिले पुष्टि गरेको छ। नयाँ पिढीले यस्ता कुसंस्कारका बारेमा पत्यउनसमेत नसक्ने बेलायती परिवेश छ। यहाँको परिवेश भन्दा अलग नेपालका दुर्गम गाउँहरुमा मात्र होइन राजधानीमा समेत यस्ता अवैज्ञानिक कुसंस्कारहरु पालन भैरहेका छन्। तर, त्यस्ता कुसंस्कारहरुको हुनपर्ने जति विरोध हुन सकिरहेको छैन र यस कृतिमा पनि कुसंस्कारहरु विरुद्ध विद्रोहको सन्देश अभिब्यक्त गर्न हरिसिंह अलि असफल रहेको आरोप लगाउँदा अतिसयोक्ति हुने छैन।

उपन्यासको परम्परागत शैलीमा प्रकृतिलगायतका सन्दर्भमा सौन्दर्य ब्याख्या गरेको पाइन्छ। तर हरिसिंहले घटनाक्रमलाई उजागर त गरेका छन् शौन्दर्य ब्याख्यामा परम्परा धान्न अलि कन्जुस्याई गरेको पाइन्छ। परम्परागत शैली भन्दा फरक शैलीको विकास गर्ने प्रयास गरेको दर्जामा राख्ने बिद्वता झल्कने अभिब्यक्ति पनि धेरै भेट्न सकिँदैन्। समग्रमा उनको प्रस्तुति शैलीलाई उत्कृष्ट दर्जा दिन नसके पनि मध्यम दर्जामा राख्न सकिन्छ।
यो उपन्यास पढ्दा सुरुमै नेपाली समाजको परम्परागत न्यायप्रणालीदेखि हिन्दूबादी संस्कार पालनको आदेशात्मक पण्डित प्रथालाई ब्याख्याको आधार बनाएको भेटिन्छ। पुरुष प्रधान समाजमा घरज्वाईको ल73य बनाएका जिम्वालको स्वार्थमा धनीकी छोरी हातपारेपछि आफैले दिएको आस्वासनलाई उलंघन गर्ने परिवेशले सामाजिक चलनहरुको जटिलतालाई खोतलेको छ।

विदेश गएर दुखः पाएर आफु गाउँ फर्किँदा अर्कैकी भैसकेकी आफ्नै श्रीमतीको विषयमा जारी वुझ्ने बुझाउने गाउँलेको भेलामा भोलाले देखाएको उदारताको माध्यमबाट उपन्यासमा हरिसिंह थापाले विदेशिएको मान्छेको मन उदार हुन्छ र समाजमा राम्रो सन्देश दिन सक्छ भन्ने उल्लेख गरेका छन्। धन कमाउन जति पनि धुर्त्याई गर्ने समाजका पात्रहरुलाई धन भान्दा राम्रो भावना आवस्य हुन्छ भन्ने भोला पात्रका माध्यमबाट अभिब्यक्त भएको हरिसिंहको सन्देश प्रशंसा योग्य छ।

Date: 6/21/2014 12:00:00 AM

© Pustak org.uk

11 Ledbury Road, Peterborough, PE3 7AY, P. (+44)07445921217