Contact: Mr Prakash Kandel, Satdobato, Lalitpur, Kathmandu, Phone 5525730

www.flyktm.com
Writer
घनश्याम खड्का
विनोद न्याैपाने
गोबिन्द बेल्वासे

Know more about Govind Belbase

रक्ष रार्इ
दुत बहादुर गर्बुजा पुन मगर
गणेश रार्इ
s hangbang " jarjar "
सुरेशजंग शाह
दयाकृष्ण रार्इ
नरेश काङमाङ रार्इ
बिजय हितान
नरेश नाति
निराजन बतास
रक्ष रार्इ + मिजास तेम्बे
निलम आङ्बुहाङ रार्इ
विश्वकाजी रार्इ
मिजास तेम्बे
जगत नवोदित
मनु लोहोरूङ
मुकेश रार्इ
जानुका काम्बाङ लिङ्देन
टंक वनेम
कोमल प्रसाद श्रेष्ठ मल्ल
सुरेन्द्र श्रेष्ठ
गोपाल पैाड्याल
हरिसिंह थापा
लारा
गोकुल भण्डारी
नरजीत रार्इ
डा. रूपक श्रेष्ठ
टीका चाम्लिङ
र्इश्वर मानन्धर
कलाधर काफ्ले
यती
डायसपोरा साहित्य समाचार
विश्वास दीप तिगेला
साहित्यकार सूची
केदार सङ्केत
टङ्कबहादुर तेम्बे (मिजास)
र्इश्वर चाम्लिङ
देवेन्द्र खेरेस
दीपा लिम्बु रार्इ
राम कृष्ण सुनुवार आँकाला
लाल राना
कुमार इस्बो
नवराज रार्इ
मुलवीर रार्इ
आनन्द रानोहोछा
तेज रार्इ
छापा पत्रिका
प्रेरणा थापा
जया रार्इ
गोपिकृष्ण प्रसार्इ
घन बहादुर थापा
होम परिबाग
भगवान चामलिङ
बिकलचन्द्र आचार्य
नेपाली साहित्य विकास परिषद यू.के.
Lumbini Nepalese Buddha Dharma Society (UK)
गोर्खा सत्याग्रह
भावना परिष्कृत सुनुवार
कृष्ण उपाध्याय
कृष्ण बजगार्इ
किरण टी. लिम्बू
जीवा लामिछाने

समीक्षा
12345678910...
राष्ट्रवाद "भ्रम कि यथार्थ"
ने रू ५०० मात्र
Book in PDf only £1.00

 –बिजय हितान

रातो पासपोर्ट

 Tanka Wanem

सुन्तली

 Govind

लन्डनमा मुटु दुख्दा

 Govind Belbase

थकित पृथिवी

 Govind Belbase

पात्रहरूसँग एक साँझ

 Govind Belbase

मेाह

 Govind Belbase

श्लेष्मान्तकको सम्माङ्

 Govind

...11121314151617181920...

मूल्य Price: £ 1
समयसामयिक
राष्ट्रवाद "भ्रम कि यथार्थ" PDF file
Writer: गोबिन्द बेल्वासे

Know more about Govind Belbase

Was £2

Please write your review about this book –
Skip Navigation Links.
Contact Info
Comments
Complete
Submit
Enquary

Your Name  
Email    
 
Description
PDF file (Book)
पुस्तकमा लेखकले राष्ट्रवाद र नागरिकता सम्बन्धी बिवेचना संगै बिश्वका बिभिन्न मुलुकहरुमा बसोवास गरी त्यहाँको नागरिकता प्राप्त गरेका नेपालीहरुले स्वेच्छाले परित्याग नगरेसम्म तिनीहरुको नेपाली नागरिकता कायम रहने संवैधानिक एवं कानूनी ब्यवस्था गरिनुपर्छ भन्ने कुरालाई केन्द्रीय विषयवस्तु बनाएका छन् । अमेरिकी सर्वोच्च अदालतद्वारा Afroyim v. Rusk, 387 US 253, 268 (1967) को मुद्दामा प्रतिपादित सिद्धान्तलाई आफ्नो तर्कको आधार बनाएका छन् । यस मुद्दामा अमेरिकी अदालतले ब्यक्तिले स्वेच्छाले परित्याग गरे बाहेक राज्यले कसैको पनि नागरिकता खारेज गरिदिनु हुंदैन, भन्ने सिद्धान्त प्रतिपादन गरेको छ । यससंगै लेखकले विश्वमा दोहोरो नागरिकता सम्बन्धी ब्यवस्था अंगिकार गर्ने मुलुकहरुको दृष्टान्त समेत प्रस्तुत गरेका छन् । यत्तिमात्र नभएर लेखकले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को ब्यवस्था नेपालको संविधान(२०७२) को प्रस्तावना, धारा १०, ४५ र संविधानको भाग ३ का धाराहरुसंग बाझिएकाले उक्त ब्यवस्थालाई बदर गरिपाऊं भनी नेपालको सर्वोच्च अदालतमा रिट निवेदन समेत प्रस्तुत गरेका छन् । लेखकले उक्त मुद्दासंग सम्बन्धित बिषयलाई पनि पुस्तकको बिषयबस्तु बनाएका छन् ।

Review:
Name: Bijaya
Comment: पुस्तक टिप्पणी
- गोविन्द बेल्वासेको राष्ट्रवादः भ्रम कि यथार्थ !
–बिजय हितान

गोविन्द बेल्वासे र म धेरै वर्ष अघिदेखि साथी छौं । हामीलाई साहित्यिक, पत्रकारिता, र सामाजिक गतिविधिले चिनाएको हो । हाम्रा लेखनका धार अली फरक परेता पनि नेपालमा एउटै भेगको घाम ताप्ने भएर पनि होला हाम्रा कुराहरु मिल्छन् । म पर्यावरणिय लेखनमा कलम चलाऊँछु त उनी कानुनी र ईन्टरनेट प्रविधिमा । हामीहरु रचनाहरुलाई साटासाट गरेपछि फोन मार्फत एकअर्काको समालोचना गर्छौं । त्यसैमा विश्वाश गरेर होला बेल्वासेले आफ्ना बिचारहरुको पहाड– ’राष्ट्रबादः ‘भ्रर्म कि यथार्थ’ चढेर यसको उचाइ नाप्ने जस्तो गाह्रो जिम्मेवारी मलाई सुम्पिनु भएको छ । उनका यस पहाडरुपी पुस्तकका भञ्ज्याङ र पाखा–पखेरा रुपी लेखहरुमा म पहिला नै सयर गरिसकेको हुनाले यस पहाडको आयतन निकाल्न त्यति गाह्रो नलाग्ला जस्तो मैले ठानेको छु ।
बेल्वासे एक कानुनका विद्यार्थी हुन । उनी अहिले एक बेल्पाली हुन । अर्थात म जस्तै बेलायती नेपाली । उनी एन.आर.एन पनि हुन । अर्थात गैरआवासीय नेपाली । उनले बेलायतको नागरिकता अझै लिएका छैनन्, लिनी योग्य ठहरियता पनि । यस प्रतिबद्धताले उनको नेपाल प्रतिको राष्ट्रवाद दर्सिन्छ । तर उनको यो राष्ट्रवाद ‘भ्रम हो या अथार्थ’ भनेर ठम्याउन यो पुस्तक अध्ययन गर्नै पर्छ । उनी खाडी मुलुकमा गएका लाखौं युवाहरु जस्तो श्रमजिवी होइनन । यी श्रमजिवी युवाहरु बाध्यताले अन्ततः एक दिन नेपाल फर्कनै पर्छ । अनि तिनलाई सच्चा राष्ट्रवादी भनिन्छ । तर हजारौं प्रतिभाशाली युवाहरु अष्ट्रेलिया, युरोप, र अमेरिका तिरै हराउँछन । त्यतैको आइडी, आइ.एल.आर, ग्रिन कार्ड, र नागरिकता लिएर । तर यी बर्गका नेपालीलाई अ–राष्ट्रवादीको बिल्ला भिराइन्छ । बेल्वासे पनि तिनै प्रतिभाशाली गैरआवासीय नेपालीमा पर्छन । तर उनलाई यस्तो सौतेनी आमाको सन्तान जस्तै ब्यवहार पटक्कै मन परेको छैन । त्यसैले त ‘राष्ट्रबादः ‘भ्रम कि यथार्थ’ लिएर पाठक सामु आएका छन । यस अघि ’रातो पासपोर्ट’ नामक कथा सङ्ग्रह पनि प्रकाशन गरेका छन् । एक नेपाली नागरिक भएर विदेसिनु परेको बाध्यतालाई त्यस संङ्ग्रहका केही डायस्पोरिक कथाहरुले उजागर गरेकाछन् ।
विदेशमा पलायन भएका नेपालीमा झनै बढि राष्ट्रवाद हुन्छ भन्ने बेल्वासेको तर्क छ । उनिहरु पलपल नेपालको बारेमा चिन्ता लिएका हुन्छन् । मनमुटुमा नेपाल आमाको माया च्यापेर राखिरहेका हुन्छन् । तर नीति निर्माताहरु गैरआवासीय नेपालीलाई हेय अनि पूर्वाग्रहीको दृष्टिकोणले हेर्छन । त्यसैले मलाई के लागेको छ भने गैरआवासीय नेपालीलाई पूर्ण दोहोरो नागरिकता दिनबाट बन्चित गराइएको विषयप्रति बेल्वासेको चिन्तन नै यस पुस्तकको जन्म हो ।
संघिय संविधान २०७२ ले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक हकको आलङ्कारिक अधिकार दिएको तर राजनैतिक हकबाट बन्चित गरेको विषयलाई यो कसरी नेपालको समग्र विकासको लागि हितकारी छैन भनी बुंदागत रुपमा केलाएर यस पुस्तकमा राखिएको छ । एन.आर.एन बेलायतमा यसको प्रारम्भिक कालमा आफु बसेर काम गरेको अनुभव बाँडदै गैरआवासीय नागरिकतालाई अहिलेका पदाधिकारीको स्वीकार्य प्रति लेखक बेखुसी रहेको पनि बुझिन्छ । भविष्यमा विदेशमा जन्मने हुर्कने नेपालीका सन्तति जुन परवासी नोपली हुनेछन् उनीहरुका लागि गैरआवासीय नागरिकता आवस्यक ठान्छन् । तर, अहिलेको डायस्पोरा नेपालीलाई गैरआवासीय नागरिकताले पुग्दैन भन्ने उनको अडान छ । एन.आर.एन नेतृत्वको स्वीकार्यता नेपाली संविधान र कानुन प्रतिको अज्ञानताले हुनसक्छ । एक नेपाली नागरिकको हक र अधिकार सम्बन्धी संविधान र कानुनमा कस्तो ब्यावस्था गरिएको छ भनेर तीनका दफादफा पल्टाएर सर्वसाधारणलाई बुझाउने प्रयास लेखकले गरेकाछन् । दोहोरो नागरिकताको विषयलाई बन्द–हडताल, भाषण गरेर वार्ता टोली गठन गरेर र कुनै कुटनीतिज्ञ, पार्टी नेता, मन्त्री वा सांसद सामुन्ने राखेर भन्दा कानुनी रुपमा अगाडि बढ्दा प्रभावकारी हुन्छ भनेर सर्वोच्च अदालतको ढोका घच्घचाउन पुगेका अभिएन्ता हुन बेल्वासे ।
पुस्तकमा प्रारम्भ भन्ने छुट्टै एक अङ्शको साथै अन्य तीन भागमा लेखहरुलाई विभाजित गरिएका छन् । पुस्तकको प्रारम्भिक पृष्ठहरुमा नागरिकताका किसिम तिनलाई कसले र कतिबेला पाउनसक्छ भन्ने कुराको व्याख्या गरिएको छ । नागरिकता, राज्य, र राष्ट्रियतालाई परिभाषित गर्दै एक नरहे अर्को रहन नसक्ने सम्भावनाहरु देखाइएको छ । नागरिकता र राज्य ठोस बस्तु हुन भने राष्ट्रियता भावना हो ।
नेपालमा जनजाति तथा अन्य साना जातिलाई आत्मानिर्णयको अधिकार दिईनु पर्छ । ती बर्गलाई तिनैका मानिसले नेत्रुत्व गर्न दिइनुपर्छ भन्ने सोंचाइ पनि लेखकको रहेकोछ । अर्थात संघिय संविधान आउनु अगाडि गरिएको जातिय पहिचान सहितको प्रदेशको मागलाई समर्थन गरेको बुझिन्छ । एक जाती र बर्गको चाहनालाई स्वीकार गर्दै समूहगत विकास र फाईदाको लागि अगाडि बढ्नु पर्छ भन्ने बिचार लेखकले राखेका छन् ।
हङ्कङमा बि.एन.ओ पाउने गोर्खा सेनाबाट जन्मेका सन्तानहरु राज्यविहिन हुनसक्ने समस्यालाई पनि यहाँ कोट्याइएको छ ।
नागरिक को ? भन्ने लेखमा आफु सानैदेखि बिद्रोही स्वभाव भएको ब्यक्ती हुँं भनेर बेल्वासे आफुलाई प्रस्तुत गरेका छन । गोरुसिङ्हेमा यात्रु झार्दै बुटवल लाग्नु पर्ने बस सिधै बुटवल लाग्न खोज्दा ड्राइभरलाई सम्झाई, बुझाई अनि थर्काइवरी गोरुसिङ्हे पुर्याएको र घुस लिएर ऋण दिने बैंक अधिकृतलाई आफुहरुले थानामा पुर्याएको घटनाको सम्झना गर्दै एक रैतीदेखि नागरिकमा रुपान्तरण हुन बिद्रोही स्वभाव हुनपर्छ भनेका छन् ।
धर्म र नागरिकतामा अन्तर्सम्बन्ध पाईन्छ । इतिहास केलाउँदा शासकहरु धर्मसँग सम्बन्धित रहेको पाईन्छन् । शासकलाई जसले रिझाउन सक्छ उ नागरिक रहेर बस्न सक्छ । मुस्लिम धर्म अपनाउनेहरु नागरिक भएर राज्यमा बस्न पाउने र नअपनाउनेहरु भेदभाव सामना गर्न परेर हिन्दू आर्य नेपाल भाग्नु परेको ऐतिहासिक पक्षलाई याँहा कोट्ट्याइएको छ । ईजरायल र प्यालेस्तिनीयनहरुको लडाईं पनि नागरिकताको लडाईं हो । यसरि जसले शासकको नियम पालन गर्छ उही नागरिक बनेर रहन सक्छ भन्ने निस्कर्ष यस लेखको हो ।
भोजवाको लालपुर्जा र पूmलचन्द को नागरिकता लेखमा नागरिकता धनीको पेवा हो भन्ने लागेको छ लेखकलाई । हुन पनि हो अमेरिकाको नागरिक हुन पर्याप्त पोइन्ट हुनुपर्छ । जो पढेको छ, जोसंग पैसा छ उही अमेरिका पुगिरहेको हुन्छ । बेलायत भित्रिएका नेपाली पनि त्यस्तै हुन । दशगजा पारिका शिक्षक पूmलचन्द नेपाल आएर पढाउथे । तिनको नेपाली नागरिकता थियो । तर नेपालमै पुर्खौंदेखि बस्दै आएका लेखकका थारु मित्र भोजवाको नेपाली नागरिकता थिएन । ‘लालपुर्जा नहुँदा नागरिकता नपाएको र नागरिकता नहुँदा जग्गा पाउन नसकेको’ वास्तविकतालाई लेखकले अतिनै मार्मिक ढंगमा याँहा प्रस्तुत गरेकाछन । बेलायतमा एन.आइ. नम्बर (नेशनल इन्सोरेन्स नम्बर) माग्दा बैंकको खाता खोज्ने र बैंकमा खाता खोल्न जाँदा एन.आई. माग्ने चलन जस्तै ।
नागरिकता कानुनी विषय हो । सर्वसाधारणलाई कानुनी विषय जटिल लाग्छ । पढेर बुझ्न सकिँदैन । मलाई पनि त्यस्तै लाग्छ । तर बेल्वासेले यस पुस्तकमा कानुनी कुरालाई कथाको रुपमा पस्कन सफल भएकाछन । आफ्ना तर्कहरु एक संस्मरणको रुपमा प्रस्तुत गरेकाछन । कथाको रुपमा पस्केर पठन योग्य बनाएकाछन । यसो हुँदा यो पुस्तक पढ्दा पाठकलाई अत्यधिक रुची जागेर आउनेछ भन्ने मलाई लागेको छ ।
जसरी नेपालको उर्बरा माटो वर्षेनी भेलले बगाएर बंगालको खाडीमा थुप्रिन्छ त्यसरि नै नेपालबाट ब्रेन ड्रेन भएको त सबैलाई विदितै छ । यसरि प्रतिभाशाली जनसक्ति विदेश पलायन भएकोमा बेल्वासे आफ्नो लेख सक्कली राष्ट्रबाद र प्रतिभाशाली जनसक्तिमा चिन्तित देखिन्छन । प्रतिभाशाली ब्याक्ति सित्तिमित्ति नेपाल फर्कदैनन् । तर श्रमजिवी नेपाली अरब तथा कोरियाबाट आफ्नो करार सिद्धिएपछि नेपाल फर्किन्छन् । तिनलाई सच्चा राष्ट्रवादी मानिन्छ भने विदेश तिरै हराउने प्रतिभाशालीलाई राष्ट्रवादी नमान्ने चलन नेपालमा जन्मेको छ । तर यस कुरामा बेल्वासे असहमत देखिन्छन् । विदेशमा बसेर दिमाग खियाउने नेपाली आफ्नो राष्ट्रप्रति त्यत्तिकै चिन्तित हुन्छन् जति विदेशमा दिन रात दौडेर पाखुरा खियाउने नेपाली । तर नीति निर्माताले यस्तो वातावरण तयार गरिदिन पर्यो कि ती प्रतिभाशाली नेपाली पनि घर फर्कुन ।
नेपाली मात्रै होइन दक्ष विदेशीहरुलाई पनि उच्च तलव र सुविधा दिएर काम लगाउन सकिन्छ । एक केनेडियन मार्क क्यानिलाई बेलायतको बैंकको गभर्नर बनाइएको उदाहरण यस लेखमा दिइएकोछ । हङ्कङमा सन् २००० भन्दा अगाडि लाखौं दक्ष चाइनिजहरु अमेरिका र युरोप विदेशिएका थिए । त्यसपछि यस्तो नीति ल्याइयो र रोजगारीको अवसर सिर्जना गरियो कि सबै चाइनिज धमाधमा हङ्कङ फर्किन सुरु गरे । सन् १९९७ मा चाइनामा गाभिएपछि विकासक्रम ओरालो लाग्छ भनि भविश्यबाणी गर्नेहरु हङ्कङको प्रगतिले आकाश चुमेको देखेर तीनछक परे । राजा महेन्द्रले पनि अंमर गुरुङ र लैनसिङ वाङ्देल जस्ता क्रमठ ब्यक्तिलाई छानीछानी नेपाली नागरिकता प्रदान गरेर उनिहरुको योग्यतालाई देश विकासमा लगाएको इतिहाँस त्यति पुरानो भएको छैन । त्यसैलाइ अनुसरण गरे अहिलेको नयाँं नेपालले निकट भविष्यमा पूर्व पश्चिम रेल गुडाउन सक्ला भन्ने मलाई लागेकोछ ।
विदेशी नेपालीको सिपलाई नेपाल भित्राउने सम्बन्धमा मैले बेलायती राजदुतावास र यहाँ रहेका संघसंस्थामाझ बेलाबेलामा कुरा चलाउँदै आईरहेको छु । मेरा लेखहरुमा यस्ता बिचार पोखिसकेको छु । नेपाल भ्रमणमा जाँदा विदेशी नेपालीहरु साथै तिनका पढेलेखेका सन्तान एकदुई हप्तादेखि दुईचार महिनासम्म नेपालको सरकारी तथा गैरसरकारी संस्थामा बसेर काम गर्ने, सिपको आदानप्रदान गर्ने जस्ता पद्दति निर्माण गरिन पर्छ । यसमा नेपाली राजदुतावास, बेलायती अन्तर्राष्ट्रिय विकास विभाग, र एन.आर.एन. ले सहकार्य गर्न सक्छन् । नेपाली विद्यार्थीहरु रसिया, अमेरिका, फिलिपिन्स इत्यादि देशहरुमा गएर पढ्ने छात्रवृतिको पद्दति जस्तै ।
यस सन्दर्भमा लेखकको “भावनाले मात्रै सक्कली राष्ट्रवादी बनिंदैन, राष्ट्रको उज्जवल भविष्यको नीति कोरेर त्यसलाई लागू गर्ने ब्यक्ति मात्रै सक्कली राष्ट्रबादी ठहरिन्छन्” भन्ने भनाइ गर्बिलो छ । म र मेरो नागरिकता लेखमा शिर्षकले बताए जस्तै लेखकद्वारा आफ्नो अनुभव बाँड्ने प्रयास गरिएको छ । आफु उच्च घरानामा जन्मेका हुनाले नेपालको नागरिक सिधै ठहरिन्थे । तर स्कुलका थारु सहपाठी र अन्य जातकालाई नागरिक भनिने परिवेश त्यतिबेला थिएन । यसले उनलाई अति चिन्तित तुल्याउँथ्यो । यो लेख अध्ययन गरेर म के निस्कर्षमा आएँ भने– जन्मँदा नै नागरिक हुने हैसियत राख्ने लेखक चाहे भने बेलायती नागरिक हुनसक्छन । तर आफ्नो नेपाली नागरिकता हरण हुनेगरी उनी बिदेसी नागरिक बन्न चाहनन् । अहिलेको नागरिकता ऐनको दफा १०ले उनको बंशज (जन्मसिद्ध) नागरिक हक खोसिदिने हुनाले त्यो हुन नदिन उनले सर्बोच्च अदालतलाई गुहारेका छन् ।
राणाकालीन राज्यब्यवस्थाले हिन्दू शाष्त्र ग्रन्थ र रितिरिवाजमा आधारित रहेर सामन्तिहरुलाई मात्रै नागरिक मान्ने, तर महिला तथा दासलाई नागरिक नमानेर राज्य चलाएको बिगतको पृष्ठभूमि पनि यस लेखमा पढ्न पाईन्छ ।
अहिलेको भूमण्डलीकरणको यूगमा एक देशभित्र मानिस सिमित रहनु हुँदैन । त्यसैले लेखक भन्छन– “धनाढ्य र सम्भ्रान्त ब्यक्ति राष्ट्रबादी मात्रै होइन पृथ्वीवादी पनि हुनपर्छ ।” विदेश पलायन भएका नेपालीको निन्दा गरिने चलन छ । त्यसो गरिनुभन्दा स्वादेश भित्रनै अवसर सिर्जना गरिदिने र तिनलाई सुविधा दिएर देश विकासतिर लागाउने नीति निर्माण गर्न लेखक अनुरोध गर्छन् । बिदेश बसाइ सराइँ गर्नु रहर होइन बाध्यता हो भनेर यस बसाईँ लेखमा भनिएको छ । राजनैतिक विभेद, आर्थिक अवसर र विकास, शान्ति सुरक्षा बसाइ सराइका प्रमुख कारण हुन । भारतीय मुलका मित्तललाई बेलायतको नागरिकता दिएर बेलायतले आर्थिक लाभ लिएको, र मित्तलले आफ्नो ब्यापार बढाएको उदाहरण पस्केर यस्तो नीतिले दुबैलाई फाईदा हुने बताउछन् लेखक । विदेशमा बसेका करोडपति नेपालीमा पूर्व एन.आर.एन अध्यक्ष, उपेन्द्र महतो, शेष घले, जिवा लामिछाने र अहिलेका अध्यक्ष भवन भट्ट जस्ता अन्य ब्यक्तिहरु पर्दछन । यस्ता धनाढ्य विदेशी नेपालीलाई दोहोरो नागरिकता दिएर नेपालले धेरै फाईदा लिन सक्छ ।
म पनि १७ बर्षको उमेरदेखि विदेशमा बस्दै आएको छु । भूमण्डलीकरण अर्थात ग्लोबलाइजेसन भन्ने शब्द हङ्कङमा उहिल्लै सुनेको हुँं । तर मेरो उतिबेलाको मिलिटरी माइन्ड (ब्रिटिस–गोर्खा सेना)ले यो शब्द को अर्थ ठ्याक्कै लगाउन सकेन । पछि सेवा निबृत भएपछि हङ्कङ मै फर्कें, अनि सामान्य नागरिकको जीवनमा बल्ल यसको अर्थ बुझें । हङ्कङ जस्तो ब्यापारिक क्षेत्रमा यो शब्द खुबै चलाइँदो रहेछ । चाइनाको एउटा स्वाधिन क्षेत्र भए पनि त्यँहा संसारका हरेक देशका मानिस हुन्थे, अहिले पनि छन् । युरोपियन, अमेरिकी, बेलायती, जापानीज, भारतीय ठूलठूला कम्पनीले मुख्यालय खडा गरेका थिए । पुल बेलायतले, सुरुङ फ्रान्सले, एयरपोर्ट अमेरिकाले, त बिल्डिङहरु चाइनाले बनाइ दिएको हुन्थ्यो । जापान र कोरियाका क्यामेरा र कम्प्युटर बजारमा आलु गोलभेंडा जस्तै बेचिन्थे । भूमण्डलीकरणले स्वतन्त्र ब्यापार (फ्री मार्केट ) सँग र स्वतन्त्र घुमफिर (फ्री मुभमेन्ट) सँग सम्बन्ध राख्दो रहेछ । जसरी मेक्डोनाल्ड, बर्गर र कोक मन पर्छ त्यसरि नै आजकाल बेलायत आएपछि मलाई यो ‘भूमण्डलीकरण’ शब्द खुबै प्यारो लाग्छ । पृथ्वीको वातावरणमा मानविय गतिविधिले पारेको प्रभाव र यसको संरक्षणमा त यो शब्दले झनै ठूलो महत्व राख्दछ । यातायातको सुविधा र भूमण्डलीकरणको प्रभावले अत्यधिक नेपाली श्रमिक विदेश गएका हुन भन्छन् लेखक, भूमण्डलीकरण शिर्षक दिईएको लेखमा । तर यसको सकारात्मक प्रभाव नेपाललाई केही नपरेकोले उनी चिन्तित देखिन्छन् । ९५ प्रतिशत कृषि प्रधान देश अहिले ६६ प्रतिसतमा झरेको छ भनेर लेखक विश्वाश गर्दैनन् । नेपालले आर्थिक उन्नति गरेकोले कृषि पेशामा ह्राश आएको होइन । युवा सक्ति विदेश पलायन भएर जोत्ने र खन्ने मान्छे नहुँदा बाझो जमिन रहन गएकोले कृषि पेशा ६६ प्रतिसतमा झरेको भन्ने तर्क राख्छन् । यस बिचारमा सत्यता छ जस्तो मलाई पनि लाग्छ । भूमण्डलीकरण आधुनिक होइन पौराणीक कालमा पनि थियो तर त्यसको स्वरुप समित थियो । उतिबेला संबृद्ध अनि शासक मात्रै बसाइ सराइ गर्थे । तर आजकाल श्रमजिवी पनि गर्न सकेका छन् भनेर बेल्वासे अगाडि लेख्छन ।
राजा महेन्द्रले विदेशी विशेषज्ञहरुलाई बोलाएर देश विकास गरेका प्रमाणहरु अझै छन् । उनको दुरगामी दृष्य प्रति जनताहरु प्रसंशा गर्छन् । तर अहिलेको सत्ताले संविधान मै गैरआवासीय नेपाली जो शिपालु र विभिन्न क्षेत्रमा विज्ञ छन, नेपाल आएर काम गर्नमा तगारो खडा गरिदिएको छ । यस्तो नीतिबाट समाज पिडित बनेको सन्दर्भ एन.आर.एन पूर्व अध्यक्ष शेष घलेले बेलावेलामा राख्ने गर्थे । यस्तै बिषयलाई उठान गरिएको लेख हो– नेपालमा विदेशीको नियुक्ति ।
गैरआवासीय नेपालीको लगाव र लगानी लेखमा एन.आर.एनका कमिकमजोरीलाई केलाउने काम भएको छ । एन.आर.एन धनीहरुको क्लब हो, उपकार संगठनको रुपमा मात्रै बढि देखिन्छ, चुनावको बेलामा मात्रै भोट माग्न सदस्यहरुमाझ सक्रिय देखिन्छ भन्ने तथ्यलाई मार्मिक भावमा ब्यक्त गरिएको छ । करोडौं पैसा उठाएर नेपाललाई क्षणिक सहयोग पुर्याउनु मात्रै एन.आर.एन को उद्देस्य हुनुहुंदैन । नेपाल राज्य भित्र मात्रै सिमित नरहेर बाहिरी मुलुकमा बसेका नेपालीलाई पनि समेटेर राष्ट्र निर्माणमा लाग्न पर्छ । भविष्यका गैरआवासीय सन्ततिलाइ समेट्ने खालको नीति ल्यानु पर्छ भन्दै यहूदीहरुले अन्ततः ईजरायल भूमि खडा गरेको उदाहरण यँहा दिईएको छ । उनीहरु विश्वमा छरिएर रहेता पनि राष्ट्रवादको कारणले अन्त्यमा ईजरायल देश खडा गरेरै छोडे । यो लेख पढ्दा मलाई मेरो ‘हे नारन ! यो के भएको एन.आर.एन !’ भन्ने लेखको सम्झना आइरहेछ । संसारका धेरै राष्ट्रहरुमा दोहोरो नागरिकताको ब्यावस्था छ । नागरिकता निरन्तरता भनिने लेखमा कुनकुन देशमा दोहोरो नागरिकताको ब्यावस्था गरिएको छ, ती राष्ट्रले कसरि यसको फाईदा लिएका छन् भनी बिश्लेषण गरिएका छन् । गैरआवासीय नेपाली नागरिकले आर्थिक, सामाजिक अधिकार पाएको तर राजनैतिक हक नपाएको अवस्थामा के कस्ता कठिनाई गैरआवासीय नेपालीले झेल्न पर्छ भनी उदाहरण सहित लेखकले आफ्ना तर्क पेश गरेका छन । एक गैरआवासीय नेपाली सुरेन्द्र बहादुर श्रेष्ठले आफ्नो कानुन ब्याबसायी प्रमाणपत्र नबिकरण गर्न नसकेको घटना दुख लाग्दो छ ।
मिडिया सधैं निश्पक्ष हुनपर्छ भनिन्छ । तर त्यसो व्यवहारमा लागू हुँदैन । मिडियालाई कसै न कसैले पछाडिबाट परिचालित गरिराखेको हुन्छ । संविधानको धारा २९१ शिर्षक लेखभित्र नेपाली मिडियाले कानुन ब्यावस्था नबुझिकन पूर्वाग्रही बनेर दोहोरो नागरिकताको सवाललाई नकारात्मक समाचार बनाएर संप्रेषण गरेको विषयलाई उठाइएको छ । अमेरिकाको ग्रिनकार्ड होल्डर एक शेर्पा पाइलाटलाई नेपाल वायुसेवा निगमले अन्य पाइलाटलाई भन्दा विज्ञताको आधारमा बढि तलब दिन्छ । त्यसो गर्दा नेपालका पाइलट अनि कर्मचारीले निगमको कडा आलोचना गरेका छन् । यदि विदेशी पाइलटलाई बढि तलब दिन मिल्ने तर नेपाली मुलकालाई नमिल्ने भनिएर एक बाझिएको प्रसँग यस लेखमा राखिएको छ । यसरि गैरआवासीय नेपालीप्रति नेपालका पदासिन अधिकारीहरुले पूर्वाग्रह पालेको पुष्टि यस लेखले गर्छ ।
कति पाठकमा मुद्दा हाल्नुको खास कारण के होला भनी कौतुहल जाग्न सक्छ । त्यसैलाइ मध्यनजर गर्दै लेखकले मुद्दाकै अवस्था किन र कसरि भन्ने लेखमा मुद्दा हाल्दासम्म के कस्ता अवस्था सिर्जना भएका थिए भनेर पृष्ठभूमिको व्याख्या गरेका छन । नागरिकता ऐन २०६३ को दफा १० संविधानसँग बाझिएकोले सर्वोच्चमा मुद्दा दायर गर्नु परेको बुझिन्छ । संविधानले सार्वभौमसत्ता सम्पन्न नागरिक भनेको छ भने नागरिक ऐनले विदेशी नागरिक हुनासाथ नेपाली नागरिक स्वतः त्यागिने भनेको छ । दफा १० लाई खारेज गरिपाउँ भनी मुद्दा दायर गरिएको र सफल भएमा लाखौं विदेश बस्ने नेपालीलाई आफ्नो भूमिप्रतिको माया र सेवा झनै गाढा भएर जाने अनुमान गर्न सकिन्छ ।
नागरिकता नागरिकको मौलिक अधिकार हो । यस अधिकारलाई कसैले छिन्न प्रयत्न गर्छ भने त्यो गैरकानुनी मानिन्छ । त्यसैले उसको स्वइच्छाले मात्र नागरिकता परित्याग गरिनुपर्छ भन्दै यसको संरक्षणको लागि विदेशमा रहेका नेपाली संघसंस्थाले त्यति ध्यान नदिएको गुनासो दोहोरो नागरिकताकोलागि संगठन सकृयता लेखमा पोखिएकोछ । बिबिक्यु र पार्टी खान्छन तर दोहोरो नागरिकताको सवालमा कुनै अन्तर्कृया र गोष्ठि गर्दैनन । दोहोरो नागरिकताको ब्यावस्थामा नेपाली नीति निर्माताहरु खतरा देख्दछन् । तर यसमा नेपालले के कस्ता फाईदा लिन सक्छ र भारतले दोहोरो नागरिकताको ब्यावस्था गरेर कसरि आर्थिक फाईदा लिँदैछ भनेर यस लेखमा प्रस्ट्याईएको छ ।
कतिले भन्ने गर्छन् अहिलेको ब्यावस्थाले आर्थिक हक दिएकै छ, राजनैतिक हक बिनाको दोहोरो नागरिकतालाइ किन न स्वीकार्ने ? तर माथि उल्लेख गरिए जस्तै श्रेष्ठको कानुन ब्याबसायी प्रमाणपत्र नविकरणको जस्तै आर्थिक गतिविधिमा पनि बाधा अड्चन नआउँलान भन्न सकिन्न । किनकि आर्थिक गतिविधिमा पनि राजनैतिक हक अधिकारका कुराहरु आइहाल्छन । लाखौं नेपाली युवाहरु पाखुरा बजाउन खाडी मुलुक र कोरिया जापान पुगेका छन् । उनिहरु बर्षेनी भित्रिने करोडौं रेमिट्यान्सका स्रोत हुन । म पनि त्यसै समूहमा पर्छु । ३० बत्तीस वर्ष पुगेछ मैले पनि नेपालमा रेमिट्यान्स भित्र्याउने गरेको । गन्नी हो भने दशौं करोड पुगे होला । तिनैले भित्र्याएको डलरले नेपाल चलेको छ । वास्तवमा उत्पादनका सामाग्री निर्यात गरेर डलर भित्रिन सकेको भए मात्रै हाम्रो देशको अर्थतन्त्र दिगो रहन्थ्यो । नेपालको अर्थतन्त्रको मुख्य स्रोत रेमिट्यान्स तर उचित ब्यावस्थापन गर्न नसक्दा उर्बराभूमि बांझो रहेको भनेर रिमिट्यान्स लेखमा लेखक खिन्नता प्रकट गर्दछन । यसमा ७९ प्रतिसत रेमिट्यान्सको पैसा उपभोग्य बस्तुमा खर्च गरिएको तर २ प्रतिसत मात्रै उत्पादन मुलक कार्यमा लगाइएको तथ्याङ्क प्रस्तुत गरिएको छ । मैले पठाएको पैसा पनि सुरुमा मुखमा माड हाल्न, त्यसपछि भाइबैनीहरुको स्कूल फिस बुझाउन, गरगहना र जग्गा किन्न र घर बनाउन जस्ता अनुत्पादक कार्यमा खर्च भएका छन् । हिँजआज मात्रै मेरो रिमिट्यान्स पुस्तक, गितका एल्बम र नाटक निर्माण जस्ता केही सिर्जनशिल कार्यमा खर्च भएको छ । लेखकले भारत विश्वमा सबैभन्दा बढि रेमिट्यान्स भित्र्याउने राष्ट्र हुनका साथै त्यसको राम्रो ब्यावस्थापन गरेर आर्थिक उन्नतिमा छलाङ मार्दै गरेको बताएका छन् ।
बाउ काङ्ग्रेस, एउटा छोरो माओवादी र अर्को जनमुक्ति पार्टिलाई समर्थन गर्ने भएर एकै परिवारमा बोली बाराबार भएको घटना प्राय नेपाली राजनीतिमा सुनिन्छ नै । यस्तै प्रसँग दोहोरो नागरिकता खारेज गर्न बहालवाला न्यायाधिस पुत्री सर्बोच्चमा उजुरी लेखमा पाईन्छ । यस भूमण्डलीकरण र आधुनिक यूगमा एउटै परिवारभित्र मतमतान्तर रहनु स्वाभाविकै हो ।
भाग ३ मा मुद्दा को प्रकृया, मुद्दा हालेपछिका साथीहरु तथा विज्ञका प्रतिकृया र अदालतले दिएको जवाफलाई सम्मिलित गरिएकोछ । अनि गोविन्द बेलावासे अर्थात लेखक स्वयं निबेदक बनेर सर्बोच अदालतमा चढाइएको मुद्दा (नागरिकता ऐन २०६३ को दफा १० संविधानसँग बाझिएकोले खारेज गरी पाउँ)को निवेदनलाई यस पुस्तकमा जस्ताको तस्तै उद्रित गरिएको छ ।
अन्त्यमा, म एक गैरआवासीय नेपाली भएको हैसियतले मुद्दाको नतिजा हाम्रो पक्षमा आओस भन्दछु । खैर ! मुद्दाको पारिणाम जे सुकै आउला, यो पुस्तक एक ऐतिहासिक दस्तावेज बन्नेछ भन्ने मलाई लागेको छ । यो कानुनविद, विद्यार्थी, र सर्वसाधारणलाई पठन योग्य हुने मैले देखेको छु । यसले निश्चयनै सरकारी ओहदामा बसेर नीति निर्माण गर्नेहरुलाई प्रगतिशिल र उदार नीति अपनाउन हौसला प्रदान गर्नेछ । यति चुनौतिपूर्ण कार्यमा हात हाल्नु भएको र दोहोरो नागरिकता जस्तो गहन विषयलाई सर्वसाधारणसम्म पुर्याउन यो पुस्तक प्रकाशन गरेर जनजागरण फैलाउन प्रयासरत मेरा मित्र गोविन्द बेल्वासेलाई सफलताको शुभकामना !
डिसेम्बर २०१७, फक्स्टोन, केन्ट, बेलायत

Date:

© Pustak org.uk

11 Ledbury Road, Peterborough, PE3 7AY, P. (+44)07445921217