Contact: Mr Prakash Kandel, Satdobato, Lalitpur, Kathmandu, Phone 5525730

www.flyktm.com
Writer
घनश्याम खड्का
विनोद न्याैपाने
गोबिन्द बेल्वासे

Know more about Govind Belbase

रक्ष रार्इ
दुत बहादुर गर्बुजा पुन मगर
गणेश रार्इ
s hangbang " jarjar "
सुरेशजंग शाह
दयाकृष्ण रार्इ
नरेश काङमाङ रार्इ
बिजय हितान
नरेश नाति
निराजन बतास
रक्ष रार्इ + मिजास तेम्बे
निलम आङ्बुहाङ रार्इ
विश्वकाजी रार्इ
मिजास तेम्बे
जगत नवोदित
मनु लोहोरूङ
मुकेश रार्इ
जानुका काम्बाङ लिङ्देन
टंक वनेम
कोमल प्रसाद श्रेष्ठ मल्ल
सुरेन्द्र श्रेष्ठ
गोपाल पैाड्याल
हरिसिंह थापा
लारा
गोकुल भण्डारी
नरजीत रार्इ
डा. रूपक श्रेष्ठ
टीका चाम्लिङ
र्इश्वर मानन्धर
कलाधर काफ्ले
यती
डायसपोरा साहित्य समाचार
विश्वास दीप तिगेला
साहित्यकार सूची
केदार सङ्केत
टङ्कबहादुर तेम्बे (मिजास)
र्इश्वर चाम्लिङ
देवेन्द्र खेरेस
दीपा लिम्बु रार्इ
राम कृष्ण सुनुवार आँकाला
लाल राना
कुमार इस्बो
नवराज रार्इ
मुलवीर रार्इ
आनन्द रानोहोछा
तेज रार्इ
छापा पत्रिका
प्रेरणा थापा
जया रार्इ
गोपिकृष्ण प्रसार्इ
घन बहादुर थापा
होम परिबाग
भगवान चामलिङ
बिकलचन्द्र आचार्य
नेपाली साहित्य विकास परिषद यू.के.
Lumbini Nepalese Buddha Dharma Society (UK)
गोर्खा सत्याग्रह
भावना परिष्कृत सुनुवार
कृष्ण उपाध्याय
कृष्ण बजगार्इ
किरण टी. लिम्बू
जीवा लामिछाने

समीक्षा
12345678910...
राष्ट्रवाद "भ्रम कि यथार्थ"
ने रू ५०० मात्र
Book in PDf only £1.00


 –बिजय हितान

रातो पासपोर्ट

 Tanka Wanem

सुन्तली

 Govind

लन्डनमा मुटु दुख्दा

 Govind Belbase


थकित पृथिवी

 Govind Belbase


पात्रहरूसँग एक साँझ

 Govind Belbase


मेाह

 Govind Belbase


श्लेष्मान्तकको सम्माङ्

 Govind

...11121314151617181920...


 




 
मूल्य Price: £ 1.5
कथासङ्ग्रह
पात्रहरूसँग एक साँझ
Writer: लारा
Was £2

Please write your review about this book –
Skip Navigation Links.
Contact Info
Comments
Complete
Submit
Enquary

Your Name  
Email    
 
Description
 

Review:
Name: Bijay
Comment: लारासँग एक साँझ

बिजय हितान

आरुका फुल र होलिका रंग सम्झना दिलाउने शरद दाइका ईमेल पढेको एक साँज, सपना र जिन्दगी बोकेर काठमान्डुमा नरेन्द्रसँग कुनै बेला बिताएको एक साँझ, मास छर्न गएका बालाई पहाडको कथाहरू बोकेर सम्झँदै गरेको त्यो साँझ, बिजय र अन्ना मारियाको बिछोड अघिको अन्तिम साँझ ।

कादिर सिद्दिकीसँग चुन्किङ मेन्सनमा भेटेर एउटा प्रश्न राखेको एक साँझ, पल्टनीय मामा मेजर धनबीरले माटोको माया उदगार गरेको एक साँझ, मृत्यूयको बयानकी उनीसँग स्टारफेरिमा कफी पिउँदै प्रणय दिवसको एक साँझ, डोरिस र क्यारोलसँग आईमाई-आईमाईका कुराहरू गरेका ती साँझ ।

रिपल्स बे मा स्कुले साथी सिरुलाई सम्झिँदै नयाँबर्ष मनाएको त्यो जुनेली साँझ, नाटकको श्रीङ्खलामा भेटेको दारिवाला मेहरसँग फ्रिन्ज क्लबमा कफी पिएको एक साँझ, हाजरासँग लन्डनमा रातो राहदानीको औचित्यमा छलफल गरेको एक साँझ, लाराका जिन्दगीका भावनाहरू बोकेको यो कथा- पात्रहरूसँग एक साँझ ।

यी माथिका काब्यात्मक अभिब्यक्तिहरू लारा उर्फ लक्ष्मी राईको कथा कृति 'पात्रहरूसँग एक साँझ' को एक शारांस हो ।

सुनेको थिए हङ्कङमा रङ्गमन्चमा उद्घेाशिका बनेर कार्यक्रम चलाउछिन लाराले भनेर । हो लारा प्रख्यात नाम थियो सम्पूर्ण हङ्कङेली नेपाली मन-मस्तिष्क माझ । मेरो बाह्र बर्षे हङ्कङ बसाइमा भेटे मैले पनि उनलाई एकदिन साथी र उनको परिवार मार्फत भिक्टोरिया हार्बर हुँदै लान्ताउ टापु तीर लागेको एक डुंगा यात्रामा । एक साँझ अर्को भेट भएको थियो हाम्रो एक कार्यक्रममा हङ्कङ्कै काउलुन करी हाउसमा । त्यसपछि मात्रै मैले नजिकबाट बुझ्ने अवसर पाएको थिएँ लारा बैनीलाइ ।

जीवन आफैमा एउटा कथा हो । त्यसै कथालाई किताबका पानामा उतारिन्छ एक कथाकार बनेर । त्यसै गरेकी छिन लारा बैनीले । आफूले भोगेका नेपाल्, हङ्कङ हुँदै बेलायतका अनुभवलाई बडो सरल अनि आकर्षक ढङ्गबाट प्रस्तुत गरेकी छिन उनले 'पात्रहरुसँग एक साँझ' मा ।

नेपाल धरानमा जन्मे हुर्केकी नेपाली चेली । आरुको फूलको सुगन्ध र सानो छँदा खेलेको होलीको रङ्ग लारालाई अझै पनि खुबै याद आउँदोरहेछ । अचानक एक साँझ सरद दाइको ईमेल आउँदा होलीको रंग इन्द्रेनीको तरङ्ग भएर सताउँछ उनलाई । लाहुरेकी छोरी, ता पनि लाहुरेलाई जीवन-साथी बनाउन त्यति नरुचाउने उनी । किनकि लाहुरेको ठेगानै हुँदैन, कहिले जङ्गल, कहिले यूद्घमैदानमा जानुपर्ने परिवार छोडेर । त्यो आरुको बोटबाट धेरै फूलहरु फले अनि झरे भूइँमा, तर एक परदेसी लाहुरे माग्न आउँदा आफूले विवाह गर्न ठाडै अस्वीकार गरेको आज पछुतो लागेजस्तो छ उनलाई । यस्तै भान हुन्छ आरुका फूल र होलीका स्मृति शिर्षक कथा पढेपछि ।

तर बिडम्बना ! लाहुरेसँग होस या अरु कसैसँग विवाह गरेपछि, छोरीको जात आफ्नो जन्म-घर त एकदिन छोडनै पर्छ । लाहुरेसँग विवाह नगरे पनि आइन लारा आखिर हङ्कङ नै । स्वीकारिन हङ्कङलाई करिब एक दशक कर्म थलोका रूपमा। फुर्सदमा रङ्गमन्चमा लागिन र सेवा गरिन लामो समय सरणार्थी सिबिरको कार्यालयमा, जहाँ भेटिन थुप्रै घेरेलु कामदार बनेर आएका नेपाली, श्रीलङ्कन, फिलिपिना, इन्डोनेसियन महिलाहरू । कसैका आमा होलान् तिनीहरू भने कसैका श्रीमती । अनि आफ्नै सङार यौमाते र जोर्डनका पेटीहरूमा देखिन, साँझ फर्किदा अफिसबाट, चाइनाबाट आएका नगर बधुहरूलाई । आफैले आफैलाई एउटा प्रश्न राखिन- एउटा अनाम पुरुषसँग बिस्तरामा उत्तानो परिदिनु र भावनामा कसैसँग बिनिमय हुनुको के अर्थ हुन्छ ? अनि त लाराले पोखिकी छिन तिनका कारुण भोगाइहरू 'एउटा मृत्युको बयान', 'जुली-a glimse of hope', र 'एउटा प्रश्न' भन्ने कथाको शिर्षकमा ।

अनि प्रत्यक्ष देखिन नेपाली लगायत भारतीय, श्रीलङ्कन र बाङ्ग्लादेशी आइमाइहरु घरेलु कामदार र सरणार्थी बनेर आउँदाको काठिनाइ उनीहरूले भोगेको सास्ती । त्यसै क्रममा एक नेपाली सरणार्थी युवतीको अप्रत्यासित मृत्यु देखिन । भेटेकी थिइन ती महिलालाई प्रणय दिवसको एक साँझ स्टार फेरिको क्याफेमा र सम्झाउने चेस्टा गरेकी थिइन उनलाई । पत्यार लागेको थिएन उनलाई ती महिलाले यसरी कलीलै उमेरमा आफ्नो ज्यान लिन्छिन भनेर एउटा नाबालक छोरालाई छोडेर । सत्य ! मलाइ पनि याद दिलायो यस कथाले- स्यान मिगल बियरको चुस्की लगाउँदै स्टार फेरिको माथिल्लो तलामा तर पुर्बीय संस्कारमा जस्तै त्यति सजिलै कसैलाई बिस्वास गरिनन् र आफ्नो हिन्दू नारित्व जोगाइ राखिन सधैंभरि । दिनहरू यसरिनै ब्यस्त हङ्कङ सहरमा बित्दै थिए ।

जुन ओर्लिएर रिपल्स बेको सामुन्द्रिक तटभरि छाएको हुन्छ। लाराको अर्को कथामा नयाँ बर्ष मनाउन जान्छिन आफ्नी सङ्गीनीहरुसँग । त्यस साँझ याद आउँछ उनी बैंसमा धरानको भेडेटारमा पिक्निक खाएको साथीसँग जो अझै नेपालमा छे । भेट भएको हुन्छ लामो समय बिछोडिएको सिरुसँग फेसबुकमा, जोसँग काठमाण्डौमा पढ्दा सँगै बसेका हुन्छन एउटै कोठामा । भनेकी हुन्छे लारालाई फेसबुकमा- तिमी बिदेश पलायन भएपछि त नेपाल यति परिवर्तन भैसक्यो कि धरान त लिम्बुवान भैसक्यो । कुखुराको साप्रा र रेड–वाइन पिएको त्यस नयाँ बर्षको रङ्गिलो साँझ उनलाई पार्टी भन्दा पनि प्रवासमा हुँदा न्यास्रो लागेर आफ्नो देशमा पुग्छिन त्यस जुनेली रातमा ।

त्यसपछि लाराको अर्को कथामा जान्छिन बिदामा नेपाल । समय सपना र जिन्दगीहरु बोकेर लामो समय बाद । चड्छिन उही स्वयम्भुको सिंढी जो कुनै दिन नरेन्द्र सँग चढेकी थिइन । होला त्यो नरेन्द्र आज काठमाण्डौको कुनै महलमा । तर उनी बिदामा छिन आफ्नो छोरासँग काठमाण्डौको धुलो हिलो खांदै आज उही बाल्यकालकी सङ्गीनीसँग दर्शनार्थ स्वयेम्भुनाथको । अल्झिन फेरि उही पुरानो यादमा उनी- 'मैले तिमीलाई प्यार गर्छु' भन्ने कसैको आँट नहुँदा दुबैजनाको विवाह हुन नसकेको खेद प्रकट गर्छिन उनी ।

लारा मधेसमा जन्मे हुर्के पनि पहाडको कथा थाहा छ । भलै पहाडको गुन्द्रुक ढेडो उनको मुखमा परेन होला तर मास छर्न गएका आफ्नो बाको सम्झना ताजै छ । जो हरपल हङ्कङ्को ब्यस्त जिन्दगीमा पनि चुसुक्क दुखाउँछ त्यस सम्झनाले । अनि आफ्नी आमाले एक्लै टुहुरी छोरीलाई हुर्काएका दिनहरु झनै ताजा भएर आउँछन उनमा जब आफै दुई सन्तानकी आमा बन्छिन । चुङ्किनमा भेटेकी कादिरा जो कट्टर मुस्लिम धर्मको बिरोधमा लेख्ने पत्रकार आज हङ्कङबाट क्यानडा छिरेपछि उसले लेखन बन्द गरेको देख्दा आफैमा एउटा प्रश्न राख्छिन- किन ती लेखकले धार्मिक बिसंगतिहरुसँग जुध्ने आँट गरेन होला ।

अनि हङ्कङमै जस्तो लाग्छ उनी फेसबुकमा एक साँझ बिभिन्न मित्रहरूसँग बहस गर्छिन । कोही अफ्गानिस्तानको युद्घभूमिबाट आउँछन हामी यहाँ रगत-पसिना दिएर लडिरहेका छौं भनेर । कोही नेपालबाट आउँछन नेपालको राजनैतिक र सामाजिक उथलपुथलका घटना लिएर । अनि त कुरो हुन्छ हङकङ, बेलायत र अमेरिका पलायन भएका नेपालीहरुको । हामी सधैं भन्छौ एकदिन नेपाल् फर्किनु पर्छ भनेर । तर लाराको प्रश्न- खै त नेपाल फर्केको । झनै मानिसहरू हङ्कङबाट बेलायततिर रातो पासपोर्ट बनाएर लागे । नेपालबाट आइएलआर बनाएर माटोको माया बिर्सेर मामा मेजर धनबीर राई जस्तै । अमेरिकाका अमेरिकामै हराए, आउँला कुनै दिन नेपाल् फर्कने ? आशाबादी छिन अझै लारा । तर बिदेसीकोलागि लड्ने ब्यक्ति कहिलै युगपुरुष हुन सक्दैन भनि गोर्खालीले कमाएको बहादुरीलाई मान्यता दिन्निन जस्तो लाग्छ कथाको सारले ।

रातो पासपोर्टमा होस या आइएलआरमा, आज आफुपनि बेलायत आएकी छिन लारा । सुनेको छू अतिनै ब्यास्त जीवन गुजारिरहेकी छिन लन्डनमा आजकल्- नोकरी, ग्रिहिणी, अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्रगठनको सचिव र उच्चशिक्षा अध्ययन सँगसंगै बसाइ बेलायतको गुजार्दै छिन ।

आज यस साँझ लाराको कथाको समीक्षा तपाइँ सबै पाठक माझ पस्किन पाउँदा मै आफैलाई कथाको शिर्षक 'अन्तिम रातको' पात्र बीजय भएर आएजस्तै लागेको छ । तर म कथाको बीजय जस्तै स्टुडेन्ट भीसामा लन्डन आएर अन्ना मारियाको प्रेमिका भने निस्चय होईन है । बरु हुँ लारा जस्तै पलायनबादी हङ्कङहुँदै बेलायत हान्निएको एक मान्छे कुनै दिन नेपाल फर्किनु पर्छ भन्ने झिनो आशाको त्यान्द्रो झुण्याउँदै ।

Date: 4/18/2014 12:00:00 AM


Name: Govind Belbase
Comment: – गोविन्द बेल्वासे


लाराका अक्षर पढ्दै गएँ। किताब “पात्रहरुसँग एक साँझ” सकियो तर उनी अध्यात्मबादी हुन कि भौतिकबादी भन्ने बुझ्न नसकी अन्तिम पातासम्म पुगेछु। तर, यो कृति अध्ययनबाट निस्किएको निचोडको अनुमान चाहीँ उनी अध्यात्मबादी होइनन् भन्ने नै हो। परम्परागत धार्मिक कुरितिबाट जन्मिएका महिला शोषणका विषयमा यथार्थ उजागर गर्दा आफुले खेप्नु पर्ने विरोधबाट बच्न आफुलाई तटस्थ राख्ने कोसिश गरेको भेटिन्छ। यो दुनिया चेतनाबाट सिर्जना भएको हो वा पर्दाथको मिश्रणबाट चेतना जन्मिएको भन्ने अन्योलमा अल्मलिएर आफुलाई उनले तटस्थ राख्न खोजेको हुनुपर्छ। आइन्स्टाइनले पनि अहिलेसम्मको 'डार्क इनर्जी' तथा 'विगब्याङ थ्यौरी' आदिको चिन्तनलाई मन्थन गर्न पाएका भए आस्था परिवर्तन गर्ने थिए होलान। त्यसैले लाराका थप कृति अध्ययन गर्ने मौका मिल्यो भने उनको आस्थाबारे मैले पनि बुझ्ने प्रयास गर्ने छु।

उनले यस कृतिमा सामाजिक असमानता विरुद्धका असन्तुष्टि र उत्पिडित महिला भाव ब्यक्त त गरेकी छन् तर विद्रोहको द्वन्द्वात्मक विश्लेषण गर्न नसकेको कमजोरी देखाएर समाधान खोज्नबाट भागेको आभाश दिएकी छन्। असमानतालाई विकृति त मान्ने तर विद्रोहको विरोधीका रुपमा हिंशा विरुद्धका अभिब्यक्तिका कारण यो कृतिमा द्वन्द्वात्मक विश्लेषणको कमी भेटिन्छ। हिँसा बिना बाघको पेट भरिन्न र पनि इकोसिस्टमका लागि बाघलाई आवस्यक मानिएकै छ। यो यर्थाथलाई उनका आगामी कृतिमा अभिब्यक्त हुने आशा गर्न सकिने थुप्रै शब्दजालहरु उनिएको यो कृतिले समाज विज्ञानको विषयमा थुप्रै विषय उठान गरेको छ। रोजगारीका लागि बन्दुक उठाइएका हातहरुलाई लाहुरे परिबेशमा मिठास भरेर लाराले ब्याख्या गरेकी छन्। साथै अन्याय र उत्पिडन बिरुद्ध बन्दुक उठाउने हातहरुलाई नजानिदो पाराले उठान गरेर “आरुका फूल र होलीका स्मृतिहरु” नामको कथामा उनले विद्रोहीलाई मन पराएको भाव जनाएकी छन्। साम्राज्यबादी बन्दुकको बिरोध गर्न नसक्ने तर हिँसाबाट भाग्न खोज्ने उनको कलमको कमजोरी रहेको छ।

'कुरीकुरी नलागे पनि एक्लो उभिरहँदा कताकता कुतिकुति लाग्ने ठाउँ ' जस्ता शब्दजाल बुन्ने लाराको लेखन पृथक र सुन्दर छन्। महिलाका बाध्यता र सन्तुष्टिलाई नेपालदेखि पाश्चात्य सभ्यतासम्मको अनुभवका आधारमा उनले केलाएकी छन्। बेश्या र गृहिणी दुबै पुरुषकालागि समर्पित देख्ने उनका आँखा वास्तविक भोगाइका अभिब्यक्ति हुन। कृतिमा उनले महिलाहरुको उन्मुक्ति खोजेको त बुझन्छ तर स्पष्ठ भाषामा पोखिन सकेको छैन्।

भूमण्डलीकरणसँगै बसाई सर्दै हिँडेको प्रसँगलाई “मान्छे सोध्छन् अझै पनि यो बाटो कहाँ जान्छ? बाटो कहीँ नजाँदो रहेछ। मान्छेहरु पो ओहोर दोहोर गर्दारहेछन्।” भन्दै प्रष्ट भाषा बोलेकी छन्। उनले इन्टरनेट तथा आधुनिक प्रविधिले राष्ट्रिय सीमाको ब्यवधान नराख्ने तर भौगोलिक सिमानाको ब्यवधानले परिश्रमीलाई श्रम बेच्न अर्को देश पुग्न छेक्ने हरियो र रातो पासपोर्टबीचको विभेदलाई समस्यका रुपमा औँलाएकी छन्। हुने खानेलाई भिसा दिने तर गरी खानेलाई भिसाको ब्यवधान खडा गरेर गैरकानूनी आप्रवासीका रुपमा शोषण गर्ने प्रबृतिलाई तीखो बाँण हान्न लारा सफल रहेकी छन्।

समग्रमा उत्पिडित महिलाभाव पोखिएको लाहुरे जीवन वरिपरि मडारिएको परिवेशमा बिद्रोहको सन्देश लुकाएर द्वन्द्वात्मक सामाजिक विश्लेषण गर्ने कोसिसमा यो कृति उदाएको भेटिन्छ। लाराले उठाएका समस्याहरुलाई समाधानको उपाय देखाउने कृति जन्माउने शुभकामना उनलाई दिन चाहन्छु।

Date: 4/15/2014 12:00:00 AM

12
 





 

© Pustak org.uk

11 Ledbury Road, Peterborough, PE3 7AY, P. (+44)07445921217