www.flyktm.com
Writer
घनश्याम खड्का
विनोद न्याैपाने
गोबिन्द बेल्वासे

Know more about Govind Belbase

रक्ष रार्इ
दुत बहादुर गर्बुजा पुन मगर
गणेश रार्इ
s hangbang " jarjar "
सुरेशजंग शाह
दयाकृष्ण रार्इ
नरेश काङमाङ रार्इ
बिजय हितान
नरेश नाति
निराजन बतास
रक्ष रार्इ + मिजास तेम्बे
निलम आङ्बुहाङ रार्इ
विश्वकाजी रार्इ
मिजास तेम्बे
जगत नवोदित
मनु लोहोरूङ
मुकेश रार्इ
जानुका काम्बाङ लिङ्देन
टंक वनेम
कोमल प्रसाद श्रेष्ठ मल्ल
सुरेन्द्र श्रेष्ठ
गोपाल पैाड्याल
हरिसिंह थापा
लारा
गोकुल भण्डारी
नरजीत रार्इ
डा. रूपक श्रेष्ठ
टीका चाम्लिङ
र्इश्वर मानन्धर
कलाधर काफ्ले
यती
डायसपोरा साहित्य समाचार
विश्वास दीप तिगेला
साहित्यकार सूची
केदार सङ्केत
टङ्कबहादुर तेम्बे (मिजास)
र्इश्वर चाम्लिङ
देवेन्द्र खेरेस
दीपा लिम्बु रार्इ
राम कृष्ण सुनुवार आँकाला
लाल राना
कुमार इस्बो
नवराज रार्इ
मुलवीर रार्इ
आनन्द रानोहोछा
तेज रार्इ
छापा पत्रिका
प्रेरणा थापा
जया रार्इ
गोपिकृष्ण प्रसार्इ
घन बहादुर थापा
होम परिबाग
भगवान चामलिङ
बिकलचन्द्र आचार्य
नेपाली साहित्य विकास परिषद यू.के.
Lumbini Nepalese Buddha Dharma Society (UK)
गोर्खा सत्याग्रह
भावना परिष्कृत सुनुवार
कृष्ण उपाध्याय
कृष्ण बजगार्इ
किरण टी. लिम्बू
जीवा लामिछाने

समीक्षा
12345678910...
राष्ट्रवाद "भ्रम कि यथार्थ"
ने रू ५०० मात्र
Book in PDf only £1.00


 –बिजय हितान

रातो पासपोर्ट

 Tanka Wanem

सुन्तली

 Govind

लन्डनमा मुटु दुख्दा

 Govind Belbase


थकित पृथिवी

 Govind Belbase


पात्रहरूसँग एक साँझ

 Govind Belbase


मेाह

 Govind Belbase


श्लेष्मान्तकको सम्माङ्

 Govind

...10111213141516171819


 




 

Please write your review about this book –
Skip Navigation Links.
Contact Info
Comments
Complete
Submit
Enquary

Your Name  
Email    
 
Description
Description "मेरो भन्नु – खगेन्द्र नेपाली कथाहरू पढ्दैजाँदा नयाँ देश र परिवेशमा रुमल्लिंदाको अनुभूति र त्यहाँका रहनसहन र आनिबानी नबुझ्दा भएको हविगत र खाएका हण्डरहरुको आफै जीवन्त पात्र भएको सम्झें। मेरा पत्रकार तथा कथाकार मित्र श्री गोबिन्द बेल्वासेजीले एकाएक एकदिन वहाँको 'रातो पासपोर्ट' मेरो हातमा थमाइदिनुभयो र त्यसवारेमा मेरो मन्तब्यका लागि अनुरोध गर्नुभयो। एकछिन त अलि झस्किएं पनि, तर यथार्थबोध भएपछि भने त्यो 'रातो पासपोर्ट'मा इन्डोर्स भएका कथाहरु एक–एक गरेर पढ्न थालें। कथाका पाण्डुलिपि नै त भनौं पिडीएफ लिपि मा भएकाले डेस्कटपमा सेभ गरेर राखें र मौका पर्नासाथ माउसलाई क्लिक गरेर एकोहोरिन थालें। कथाहरू पढ्दैजाँदा नयाँ देश र परिवेशमा रुमल्लिंदाको अनुभूति र त्यहाँका रहनसहन र आनिबानी नबुझ्दा भएको हविगत र खाएका हण्डरहरुको आफै जीवन्त पात्र भएको सम्झें। विशेषगरी बेलायतलाई कथाभूभिका रुपमा प्रयोग गरेर लेखिएका कथाहरुमा त्यहाँ सामान्यतया आमरुपमा सोचिने जस्ता सुखसुविधा, आर्जन र अवसरहरु नभएको र नेपालबाट ठूलो ऋणको भारी बोकेर बेलायत आएर अलपत्र भएपछि नेपाल फर्कन रोइकराई गर्ने युवक र उसलाई जसरी भएपनि त्यहीँ राखी कमाइ गर्न कर गर्ने ऋणी पिता मेरै एकजना मित्र र उनका लहैलहैमा दौडने छोरा हुन भन्नेमा म विश्वस्त छु – कस्तो मृगमरिचिका! यस्ता कथाले अरु युवाहँरू र तिनका अविभावकहरूलाई खवर्दारीको काम गरिदिए बेस् हुन्थ्यो। पुस्तकको शिर्षक–कथा 'रातो पासपोर्ट' कैयौँ बेलायतवासी नेपालीहरुमा बोकौं न टोकौंको द्विविधा बनेको यथार्थ वर्णन हो र दोहोरो नागरिकता वा नेपाली नागरिकता गुमाउन नपरोस् भन्ने आम मनोकांक्षाको अभिव्यक्ति पनि हो। 'रातो पासपोर्ट' मा संलग्न कथाहरुमा नेपाली समाजमा पछिल्लो समयमा आएको बिकृति, भ्रष्टप्रबृत्ति र स्वार्थसिद्धिभावको चरमोत्कर्षको घिनलाग्दो वर्णन पनि पाइन्छ। कुनै विज्ञानकथा जस्तो लाग्ने 'भविष्य' मा पृथ्वीध्वंशको परिदृश्य र नयाँ मानव समाज निर्माणको परिकल्पनामा कौतुहलबस रुमल्लिन पुगिन्छ। त्यसैगरी कलम काकालाई भतिज किबोर्डको पत्र कम्प्युटर कम्पोनेन्टस् अनि इन्टरनेट – भनौं आधुनिक सञ्चार प्रविधिको वर्णन र चमत्कारका वर्णनले परिपूर्ण यो पुस्तक पूरै नपढी छोडन सकिन्न। अन्त्यमा, यो लेखोट् बेल्वासेजीको कथासंग्रह 'रातो पासपोर्ट' को विश्लेषण वा विवेचना भने पक्कै हैन किनभने यसमा कतिपय यथार्थपरक तथा रोमाञ्चक कथाहरुको उल्लेखै समेत भएको छैन, तर यति भन्न भने कुनै धक मान्नु पर्दैन – वहांका कथाहरुमा कल्पना कतै वास्तविकतासँग हातेमालो गर्दै हामीसँग हिंडिरहेका छन् त कतै बेलगाम भएर क्षितिजपारी उडेका पनि छन् र, हामीले ती दुवैथरिको अनुभूति गर्न पाउंछौं।"

Review:
Name: बिजय हितान
Comment:

रातो पासपोर्टका रङ्गहरु

समीक्षा

रातो पासपोर्टका रङ्गहरु

बिजय हितान

कसरी सुरु गरुँ साहित्यकार गोविन्द बेल्वासे ज्यूको कथा 'रातो पासपोर्ट' को समीक्षा । यसको रङ हेरेर केही लेखुँ कि यसको महत्व बुझेर ? यसको वजन तौलेर केही बोलुँ कि यसको छेत्रफल नापेर ? पासपोर्टको पानाहरु पल्टाएर केही भनु कि यस भित्रको फोटो हेरेर ?

दोहोराएर पढेपछि बल्ल निचोड निस्कियो कागतीको रश निचोरेर निकालेजस्तै । यो हस्तलिखित पुरानो पासपोर्ट त अवस्य होइन, अहिलेको एम आर पी (MRP) जस्तो लाग्यो । कम्पुटरले पढन सक्ने अर्थात मसिन रिडएबल पासपोर्ट । संक्षेमा यसरी भनौं न - "यस रातो पासपोर्टले पाठकहरुलाई बाह्र कथारुपी काल्पनिक देशहरुमा मनोरन्जनरुपी भिसा लगाएर भ्रमणमा लग्नेछ ।"

म पनि बेलायत पलायन भएको अवधि आधा बनबास जति भएछ । दोहोरो नागरिकताको आवाज घन्किदै गर्दा हामी धेरै बेल्पालीहरु रातो पासपोर्ट बाहक बनिसकेका छौं । यस कथा पढेर बेल्पाली पाठकहरु कतै- ‘थुइ...य.. ला....! किन मैले रातो पासपोर्ट लिएछु नि!’- भन्छन कि भन्ने मलाई सङ्का लागिरहेछ।

हो बेल्वासे ज्यूको 'रातो पासपोर्ट' लाई म समग्रमा डाएस्पोरिक साइबर साहित्यमा आधारित कथा भन्न रुचाउँछु । जसरी साइबर संसारले मानवीय जीवनलाई अपहरण गरिदिएको छ, रातो पासपोर्टले पाठकको केही क्षणलाई अवस्यनै अपहरण गरिदिने छ जस्तो मलाई लागेकोछ । उक्त अपहरण दु:खदाई नबनी आनन्ददायक हुने म ठोकुवा गरेर भन्न सक्छु। किनकि 'रातो पासपोर्ट' मा कम्प्युटर, इन्टरनेट, फेसबुक, ईमेल, टेलिभिजन, मेसेन्जर च्याट जस्ता अतिआधुनिक प्रबिधिका बिषयलाई कथाकारले बडो कलात्मक ढंगले, सरल भाषामा, घटना र पात्रहरु दिएर पस्कनु भएको छ ।

त्यति मात्रै कँहा हो र, कथाकार स्वयम एक बेल्पाली प्रबासी हुनुको नाताले, बेलायतको संघर्षमय बसाइमा, यी माथिका बिलासपूर्ण चिजहरुको उपभोग गर्दागर्दै छण–छणमा कथाले नेपालै पुर्याइदिन्छ । कथाको अर्को बिशेषता वा यसले दिन खोजेको पाठ - यी प्रबिधिका प्रयोगका क्रममा पुस्ता-अन्तराल (generation gap) समस्याको उजगार पारिनु पनि हो । 'बाघले झम्ट्यो' र 'दैलो लगाएको आवाज' जस्ता शिर्षकका कथाहरुमा, एक बाबु वा बाजेले, सधैं टेलिभिजन र कम्प्युटरमा झुन्डिरहने आफ्न छोराछोरीहरुको अगाडि ,यी अप्ठ्यारा भोगाइहरुको अनुभुति गरेको पाईन्छ। उहिले उहिले गाउँबाट शहर आएका आफन्तले हलमा सिनेमा हेर्दैगर्दा पर्दामा बाघ देखेपछि हलै छोडेर भागेको हास्यब्याङ्गको सम्झना, पढेपछि मलाई यी कथाहरूले दिलाए।

यसले गर्दा कथाकारमा प्रबिधिका यी सानातिना घटनालाई दिनदिनैका व्याबहारिक समस्यामा बुनेर, डर तथा भयपूर्ण तस्बिरको रुपमा पस्किने कला बेजोडले देखिन्छ । प्रायजसो कथाका सुरुमा पाठकलाई कौतुहलमा पारिन्छ र अन्त्यमा बिस्मयका साथ कारण खुलाइन्छ । त्यसैले पाठकलाई एउटा कथा पढन सुरु गरे पछि सिध्याएरै छोडने पार्नु कथाकारको अर्को मुख्य बिशेषता देखिन्छ ।

गत एक दशकभित्र निस्किएका नेपाली साहित्यमा १० बर्शे जनयुद्ध कालमा केन्द्रित रहेर लेखिएको पाइन्छ। याँहा एउटा कथामा पनि जनयुद्धको प्रभावले नेपाली बौद्विक खुबी बिदेसिनु परेको तीतो सत्यलाई प्रस्ट्याइएको छ । नेपाली पाठकले जनयुद्धमा आधारित साहित्य पढ्दा पढ्दा अब मिच्छिसकेको सन्दर्भमा, बेल्वासेज्यूको नयाँ बिचारामा उम्रेका कथाहरु अवस्यनै नौलो लाग्ला र रुचिकर हुनेछ भन्ने मैले बुझेको छु । फेरि केही कथाहरु बिज्ञान-काल्पनिक (Sci-Fi) पनि छन। भनिन्छ साहित्यकारले आफ्नै जिन्दगीमा घटेका घटना, आफ्नो अनुभुति, र आफ्नै योग्यता पाठकमाझ बाँड्दछ । त्यसैले कथाकार कतै भौतिक शास्त्रका ज्ञाता त होइनन् भन्ने पनि लाग्छ । कुनै कथामा कानूनका शब्दहरु पढन पाउँदा कथाकर कानूनबिध जस्तो पनि देखिन्छ । कम्प्यूटर प्रबिधिका शब्दहरुले ओतप्रोत यस कथामा कथाकार साइबर प्राबिधिज्ञ त अवस्य हुनुपर्छ जस्तो भान पनि पाठकलाई लाग्न सक्छ ।कथाकार एक पत्रकार हुन भन्ने त बेल्पाली सबैलाई बिधितै छ । कथाकृतिबाट उठेको रकम ‘हेल्प नेपाल’ लाई प्रदान गर्ने उनको प्रणयले कथाकार एक उदारदिलवाला परोपकारी पनि हुन भनेर चिनाउँछ ।

परम्परागत नेपाली कथामा मिलन र बिछोड, माया प्रिती र रोमान्सका घटनाहरु हुन्छन । यस्ता धारमा बेल्वासे ज्यूका यी कथाहरु नलेखिएकोले कसै कसै पाठकलाई मन न पर्ने पनि हुनसक्छ । सबैखाले पाठकलाई समेट्न पनि त सकिन्न एक साहित्यकार भएर । बेल्वासेका हरेक कथा पढेपछि ऐना जस्तै छर्लङ हुन्छ कथाको सार । तर पाठकलाई अलमलमा पारेर त्यो भनेको के होला? कसरी घट्योहोला? भनेर सोचनीय पारेको कतै देखिन्न ।

कतै एउटा कथा पढेपछि पाठक रहस्यमै डुबिरहने पारेको भए कस्तो हुन्थ्यो ? जसरी कबितामा बिम्ब प्रयोग गरेर पाठकलाई अर्थ न बर्थ पारिन्छ र त कबितालाई अझै गुणात्मक ठानिन्छ। त्यस्तै यस रातो पासपोर्टमा बिम्ब र रहस्यका रङहरुले पोतिदिएको भए अझै उत्कृष्ट हुने थियो कि भन्ने मैले बुझेको छु ।

21/Apr/2014

Date: 4/21/2014 12:00:00 AM


Name: Tanka Wanem
Comment: आधुनिक प्रविधिहरूको प्रयोग र कथा लेखनमा नौलो अभियान

कथाकारसँग सन् २००५ सालदेखि विद्युतीय सञ्चार माध्यम मार्फत सम्पर्क भईरहे पनि जम्काभेट भने भएको छैन्। बेलायतमा निरन्तरता पाएको जेठो साप्ताहिक नेपाली पत्रिका “नेपाली सन्देश साप्ताहिक” प्रकाशित गरी नयाँ सन्देश दिन सफल गोबिन्द बेल्वासेका कथाहरू त्यही पत्रिका मार्फत पढ्न पाएको थिएँ। अरु कथाहरू थपेर कथाहरू बारे केही लेखी दिने आग्रह गर्दै विजुली डाक मार्फत पाण्डुलिपी पठाई दिनु भएको थियो।
कथा सङ्ग्रह “रातो पासपोर्ट”मा जम्मा १४ वटा प्रवासी कथाहरू सङ्ग्रह गरिएका छन्। कविता युगानुकुल भएको लेखिनु पर्छ भनिए जस्तै कथा पनि समय सापेक्ष लेखिने क्रममा यो कथा सङ्ग्रह वर्तमान नेपाली परिवेशसँग ठ्याक्कै मिलेको छ। हाम्रा बाबुबाजेहरू आधुनिक प्रविधिसँग भिझसकेका छैनन्। तर, आवश्यकताले गर्दा ती प्रविधिहरूसँग हातेमालो गर्नैपर्ने बाध्यता पनि छ। यो सन्दर्भमा यो कथा सङ्ग्रहले आधुनिक नेपाली समाजमा प्रयोग हुन थालेका प्रविधिहरूवारे सूक्ष्म र यथार्थ चित्रहरू चित्रण गरेको छ।
कथाकार बेल्वासेका कथाहरूको बिषय आधुनिक प्रविधि र सामाजिक भएता पनि परिवेश अनुसार साँस्कृतिक श्रद्धा, राजनैतिक ब्यङ्ग्य साथै बाल मनोविज्ञान र वातावरणलाई सटीक रुपमा प्रस्तुत गर्न सफल भएको छ। सम्भवतः अहिलेसम्म यस्ता आधुनिक प्रविधि बारे समेटेर लेखिएको यो पहिलो कथा सङ्ग्रह हो। यो नयाँखाले कथा लेखनले नेपाली कथा लेखनको मूलबाटोलाई अझ फराकिलो बनाउँन सहयोग गरेको छ। कथा सङ्ग्रहका कथाहरूले विशेष युरोपियन देशहरूमा नेपालीहरूले भोगेका पीडादायी अनुभूतिहरूलाई छर्लङ्ग बनाएका छन्।
'बसुधा' शिर्षकको कथामा 'टेक्नोलोजी'को सहयोगले दुई मित्रहरू भेट हुन्छन्। उनीहरूले गरेका अतीत र बर्तमानको नापजोखमा जातीय विभेदले सिर्जना गरेका सङ्कुचित सामाजिक परिवेशलाई परिवर्तन गर्न बसुधा प्रसङ्गले परिवर्तनको शङ्खघोष गरेको छ। नयाँ कथा शैलीमा अघि सारिएका यस्ता कथाहरूले नै समाजमा रहेका साँस्कृतिक विभेदहरूको अन्त्य गर्न सघाउ पुर्‍याउँनेछ। बाघले झम्ट्यो शिर्षक कथामा लोडसेडिङले दिने गरेको दुःखसँगै आधुनिक टेक्नोलोजीको अज्ञानतामा भएको भ्रमले दिएको मानसिक चिन्ता व्यक्त गरिएको छ।
आमा बाबुले बैँकबाट ऋण लिएर बिदेश पठाएका छोरा छोरीहरूको विचल्ली र दर्दनाक सत्यता 'हवाई टिकट'को कथा हो। यो कथाले बर्तमान नेपाली समाजमा घट्दै आएका सत्य घटनाहरूको उद्घाटन गरेको छ। विज्ञान सम्मत र भौतीक वस्तुका आधारमा केन्द्रित गरेर लेखिएको 'पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव' शिर्षक कथा बाल मनोविज्ञानमा आधारित कथा हो। मैले पनि बाल्यकालमा यस्ता थुप्रै रहस्यमय घटनाहरू देखेको छु।
रातो पासर्पोट लिएपछि वा बेलायती जीवनमा भोगिने कठोर आर्थिक कठिनाईवारे 'रातो पासपोर्ट' शिर्षक कथाले समेटेकोछ। 'लरीको यात्रा' शिर्षकको कथा जस्तै धेरै नेपालीहरूले भौतीक रुपमा यस्ता यात्राहरू भोगिरहेका छन्। नेपालमा छँदाखाँदाको व्यवसाय छाडेर अनुभवहीन नेपालीहरूले बिदेश गएर सजिलै सम्पत्ति कमाउँन सकिन्छ भन्ने मान्यता राख्छन्। तर, यूरोपका विभिन्न देश डुलाउँदै दलालहरूले कसरी बेलायत पुर्‍याउँछन् र के कस्ता कठिनाईहरू भोग्नु पर्दछ भन्ने सन्देश कथाको यथार्थ घटनाले चित्रण गरेको छ।
'साथीको मन' शिर्षकमा लेखिएको कथा वर्तमान नेपाली समाजले भोग्दै आएको तीतो तर सत्य परिस्थिति हो। केही दशक अघिसम्म नेपाली समाजमा जुन निस्वार्थ, ममता, स्वच्छन्दता र इमान्दारिताको स्वाद भोगिएको थियो। तर, त्यो इमान्दारिताको कदर गर्ने निस्वार्थ भावना हराएको छ । बिदेशमा गएर मेहेनत गर्ने र पसिनाको कमाइमा बाँच्ने आफ्नै साथीभाइहरूलाई उनीहरूले मूर्ख ठान्ने गरेका छन्। कथाको पात्र कृष्णलाई साथीहरूको त्यस्तो ब्यवहारले वितृष्णा जगाएको छ। दुईचार बर्षभित्र पनि समाज बिकासको मानसिकतामा ठूलै परिवर्तन हुन सक्दो रहेछ भन्ने पात्रहरूको अभिव्यक्ति पोख्न सक्नु कथा लेखनमा कथाकारको सफलता हो। स्रष्टाहरूले स्वैर कल्पनाको यात्रा मात्र गर्दैनन्, समय सूचनाको घण्टी पनि बजाई रहेका हुन्छन्। जो समाजमा देखिएको सत्यता हो।
पृथ्वी ध्वस्त हुने कुरा वाहियात भएको र अमेरिका, यूरोपतिरको आर्थिक संकट मोचन गर्न नयाँ मोड दिन चलाइएको हल्ला बारेको रोचक कथा हो 'भविष्य'। भविष्यमा त्यसरी नै संसार ध्वस्त हुन सक्ने सम्भावनाबारे कथाकारले एउटा रोमाण्टिक कथाको कल्पना गरेका छन्। भोक भन्दा यौन अपरिहार्य भए झैं अतीत शिर्षकका पात्रहरूले देखाएको ब्यवहारबाट कथाकारले आधुनिक यौन स्वतन्त्रतालाई गजबले ब्यङ्ग्य गरेका छन्।
हीम मानव (यती) समात्ने योजनाको गेम प्रोजेक्ट पनि एक चाख लाग्दो बाल मनोविज्ञानमा आधारित कथा हो। धेरै आधुनिक बालबालिकाहरू यस्ता आधुनिक प्रविधिले तयार गरेका खेलहरूबाट प्रभावित छन्। बालबालिकाहरूले समयको बर्वादीसँगै समय सान्दर्भिक सिर्जनाहरू पनि गरिरहेका हुन्छन्। बाल मनोविज्ञान कथाले समय र प्रविधिको जुइनो जोडेको छ। त्यस्तै 'दैलो लगाएको आवाज', 'कलम काकालाई भतिज (किबोर्ड) को पत्र' आदि कथाहरूमा पनि नयाँ प्रविधिहरूले पुरानो नेपाली पुस्तालाई अचम्भीत पारेका यथार्थहरू माथि कथा रचना गरिएको छ। समग्रमा 'रातो पासपोर्ट' कथा सङ्ग्रहले आधुनिक परिवर्तनहरू सँगैको जीवन भोगाईलाई मात्र अघि सारेको छैन्, प्रवासको हृदय बिदारक जीवन भोगाई र स्वदेशको राजनैतिक अस्थिरताले जन्माएको बाध्यतामा परेका युवाहरूको बिदेश पलायनलाई कथा सङ्ग्रहले अदृष्य तर कथा शैलीको तीखो वाण हान्न सफल भएको छ।
आधुनिक टेक्नोलोजीका विभिन्न सामा, सर्जामहरूसँग सम्बन्धित शब्दहरूको प्रयोग भईकन पनि नेपाली कथा लेखन शैली र वान्किमा सजाएर कथाकारले नयाँ कथा लेखनको प्रयोगमा अर्को नौलो बिम्ब थपेका छन्। नयाँ बिम्बको तरङ्गमा प्रविधि र प्रसङ्ग नौलो भए पनि परिवर्तनसँग जोडिएको हुनाले यी प्राविधिक शब्दहरू अपरिहार्य हुन। जस्ले गर्दा पनि रचनाहरूमा साहित्यले प्रदान गर्ने कलात्मक आनन्दको सघन स्वाद उपस्थित गराएको मान्नु पर्दछ। यस कारण कथा सङ्ग्रहमा आधुनिक परिवेशलाई समेटिए पनि कथाहरूले नेपालीकै जीवन्त यथार्थलाई अभिब्यञ्जित गरेको छ।
नयाँ नेपाली कथा लेखन शैली र प्रयोगलाई बिश्व कथा साहित्यमा पुर्‍याउँन गरिने धरोहर निर्माण कार्यमा यो कथा सङ्ग्रह एउटा दरिलो ईँटा बन्न सक्ने आशा गर्न सकिन्छ। कथाकारको अन्य कथाहरू पनि प्रकाशित हुँदै जाउन उत्तरोत्तर प्रगतिको शुभकामना!


टंक वनेम
ढुङ्गेसाँघु– ८, ताप्लेजुङ्
हाल– बर्मिङघाम, बेलायत

Date: 3/6/2014 12:00:00 AM

12
 





 

© Pustak org.uk

11 Ledbury Road, Peterborough, PE3 7AY, P. (+44)07445921217